
तिम्रो देशमा उखानलाई देशले चलाउँछ
हिजो आज मेरो देशलाई उखानले चलाउँछ।
तिम्रो देशमा बनेको कुरा बाहिर देखिन्छ,
मेरो देशमा हिजो देखिएको कुरा आज हराउँछ।
तिम्रो देशमा मलामीले लास जलाउछन्,
मेरो देशमा हस्पिटलले जिउँदो लास जलाउछ।

त्यहाँ तिम्रो देश बन्दै छ विकास समृद्धि हुदैछ,
यहाँ मेरो देशले तिम्रो देश कति बन्यो भनेर दिन रात गन्दै छ,
तिम्रो देश उकालो लागेको हेर्दै छ,
आफ्नो देश ओरालो लगाउदै छ।।
त्यसैले त मेरो देश बन्दै छ यसैगरी चल्दै छ।
तिम्रो देशका नेताले देश बनाउन सिकाउँछन्,
मेरो देशका नेताले आफ्नो भुडी कसरी ठुलो बनाउने सिकाउँछन्।
तिम्रो देशमा पुल नभएको ठाउँमा बाटो जान्छ,
मेरो देशमा बाटो नभएको ठाउँमा पुल जान्छ।
तिम्रो देशमा सविधानले मान्छे चलाउँछ
हिजो आज मेरो देशमा मान्छेले सम्विधान चलाउँछ।
तिम्रो देशमा प्रेमी धोका पाए पछि पागल हुन्छन्,
मेरो देशमा पागलहरु धोका पाए पछि प्रेमी हुन्छन।
तिम्रो देश बन्दा बन्दै बनेछ, बधाई छ।
मेरो देश खै बन्दा बन्दै सकियो धिक्कार छ।
#सुजनबस्नेत
#गोरखा