
नवलपुर । नेपाली कांगे्रसका महामन्त्री तथा नवलपुर क्षेत्र नम्बर १ का निवर्तमान सांसद डा. शशांक कोइरालाले मध्यविन्दु अस्पताललाई चार थान अक्सिजन सिलिन्डर पठाएका छन् ।सोमबार जिल्ला अस्पताललाई माहामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीमार्फत चारथान अक्सिजन सिलिन्डर र केही अन्य स्वास्थ्य सामाग्रि पठाएका हुन् ।
सोमबार महामन्त्री कोइरालानै स्वयमं सामाग्रि वितरणमा आउने भनेर प्रचार गरिएपनि उनि नआएपछी स्वकीय सचिव भरत तिवारी र जिल्ला स्थित नेपाली कांगे्रसका केहि नेताको उपस्थितिमा जिल्ला अस्पताललाई सामाग्रि हस्तान्तरण गरिएको थियो ।

कोरोनाको महामारी चलिरहदा शशांक कोईराला निर्वाचन क्षेत्रमा नआएको भनेर केहि अनलाईन मिडियाहरुमा समाचार प्रकाशन भएपछि उनले आफ्नो सहयोग भन्दै समाग्री पठाएका हुन् ।लगातार तीन पटक क्षेत्र नम्बर १ बाट निर्वाचन जितेका महामन्त्री कोइरालाले जिल्ला अस्पतालमा ४ थान दुम्कौलीमा तीन र गैंडाकोटमा दुई थान अक्सिजन सिलिन्डर र केही स्वास्थ्य सामाग्रि पठाएका हुन् ।