नवलपुर । नवलपुर प्रहरीले लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ । जिल्लाको बिभिन्न स्थानबाट लागुऔषध सहित प्रहरीले सोमबार साँझ र मंगलबार बिहान गरी चार जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट असई प्रेम रानाको कमाण्डमा खटिएको प्रहरी टोलिले कावासोती–८ फलफुल चोकमा सोमबार साँझ ५ बजे पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना ४३ प ७४७८ नं. को स्कुटरलाई चेकजाँच गर्ने क्रममा लागुऔषध सहित स्कुटर चालक चितवन भरतपुर महानगरपालिका १६ का डम्बरजंग गुरुङ र स्कुटरमा सवार सोही स्थान बस्ने बुद्ध बहादुर गुरुङलाई पक्राउ गरेको हो ।
प्रहरीले उनिहरुको साथबाट नुफिन ६९ एम्पुल, डाईजोपाम ६९ एम्पुल र फेनरागन ६९ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय दुम्कीबासका इन्स्पेक्टर हिक्मत बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलिले विनयीत्रिवेणी–१ दुम्कीबासबाट सोमबार साँझ ६ बजे रुपन्देही सिद्धार्थ नगरपालिका १२ का सुनिल अहिरलाई लागु औषध सहित पक्राउ गरेको छ । प्रहरीले सवारी चेकजाँचको क्रममा पश्चिम बाट पूर्व तर्फ आउदै गरेको ना ४० प ३५८१ नं. को स्कुटरमा सवार अहिरलाई लागुऔषध स्पास्मो ३७ ट्याप्लेट, नाईट्रोजिम ५८ ट्याप्लेट र एक सय एमएलको ओनेक्स ७ बोतल सहित पक्राउ गरेको हो ।
त्यस्तै ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी हवल्दार रुम बहादुर बि.क.को कमाण्डमा खटिएको प्रहरी टोलिले मंगलबार बिहान २ बजेको समयमा गैडाकोट नगरपालिका २ नारायणी पुलमा सवारी चेकजाँचको क्रममा पश्चिम बाट पूर्व तर्फ जादै गरेको ग १ ख ७४९८ नं. को ट्रकको चालकको सिट मुनी लुकाई राखिएको अवस्थामा लागुऔषध सहित ट्रक चालक चितवन भरतपुर महानगरपालिका १६ का नोलसिंह गुरुङलाई पक्राउ गरेको छ । प्रहरीले गुरुङको साथबाट लागुऔषध डाईजोपाम ५९ एम्पुल, नुफिन ६० एम्पुल र फेनरागन ६२ एम्पुल बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम प्रहरी हिरासतमा राखेर अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो ।