
भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले नगरसभामा बहाल करको सन्दर्भमा बोल्दै गर्दा बिवादास्पद अभिब्यक्ति दिएका छन् । नगरपालिकाको सभाहलमा सञ्चालित आठौँ नगरसभामा प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देलले “आन्तरिक कर अल्लि धेरै भएमा करबाट तपाई हामि सवैले भत्ता खान पाउने त हो नि अर्थोक त के होर ?” भन्दै अभिब्यक्ति दिएका हुन् ।

नगरसभामा उपस्थित नगरसदस्यहरुले घर बहाल कर शहरी र दुर्गम क्षेत्रमा फरक हुनुपर्ने माग राखेपछि त्यसको जवाफमा प्रमुख प्रशासकिय अधिकृत सिग्देलले जनताबाट कर उठेमा विकासका काम भन्दा नि आफ्नै तलव भत्तालाई प्राथमिकता दिएर अभिब्यक्ति दिईएको प्रति आफु असन्तुष्ट रहेको नगरसभामा उपस्थित एक सदस्यले बताए । प्रमुख प्रशासकिय अधिकृत सिग्देलले भत्ता खान पनि नपुगेको बताईरहदा नगरसभामा उपस्थित ब्यक्तिहरुले असन्तिुष्टि जनाईरहेका थिए । कसको घरमा कति वटा भाडा लगाएका छन् भन्ने विषयमा सवै चनाखो भएर कर संकलनमा सहयोग पुर्याउन अनुरोध समेत गरेका छन् ।
देवचुली नगरपालिकाका एक कार्यपालिका सदस्यले पावर संदेशसँग भने “अधिकृत सिग्देलले ब्यक्त गरेको अभिब्यक्ति गलत त होईन । जनताकै करबाट जनप्रतिनिधीले भत्ता खादै आएका छन् तर पनि नगरसभामा बोल्दै गर्दा कर उठाएर विकासको काममा प्राथमिकता दिने अभिब्यक्ति दिदा उपयुक्त हुने थियो ।”
नगरसभा सञ्चालन हुँदै गर्दा प्रमुख प्रशासकिय अधिकृतको यस्तो अभिब्यक्ति आउना साथ सभामा उपस्थित ब्यक्तिहरु असन्तुष्ट देखिएका थिए । त्यस लगत्तै अधिकृत सिग्देलले अन्य विषयबस्तुको उठान गरेका थिए ।