
पोखरा । हाम्रो घरको आयोजनामा शनिबार सम्पन्न प्रथम राष्ट्रिय लोक दोहोरी प्रतियोगितामा सिर्जना अम्गाँई प्रथम भएकी छन् ।
पछिल्लो समय यूवा पुस्तामा लोकप्रिय क्लवहाउस मार्फत आयोजना गरिएको प्रतियोगितामा ४६ जना सहभागीलाई पछि पार्दै अम्गाँई प्रथम भएकी हुन् । प्रथम भएकी उनले नगद २० हजार प्राप्त पुरस्कार गरिन् ।

यस्तै प्रतियोगितामा द्वितिय स्थान प्राप्त गर्न सफल विपना खनालले नगद १० हजार प्राप्त गरिन् ।
त्यस्तै पशुपति ढकाल र मीना भट्टराई क्रमश तितृय र सान्त्वना हुँदै नगद ७ हजार र ४ हजार पुरस्कार प्राप्त गरेको आयोजक हाम्रो घरका संस्थापक रमेश अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा लोक तथा दोहोरी गायक रबिन लामिछाने र गायक सुरेश रावलको निर्णायक मण्डलले उनीहरुलाई विजेता घोषणा गरेका हो ।
‘हाम्रो घर’ नामक क्लवहाउसका संस्थापक रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सुरेश क्षेत्रीले गरेका थिए । कार्यक्रममा लोक तथा दोहोरी गायक रमेशराज भट्टराईको विषेश उपस्थिति रहेको थियो ।
‘हाम्रो घर’ले विगत लामो समयदेखि नेपाली लोक गित संगितको उत्थानको लागि लोक दोहोरी तथा विभिन्न साङ्गितिक कार्यक्रमहरु गर्दै आइरहेको अधिकारीले बताए ।
यस्तै प्रतियोगितालाई सफल बनाउन इन्नोभेटिभ एसोसियट अस्ट्रेलियाका प्रिन्सिपल तथा गैर आवसिय नेपाली संघ अस्टे«लीया शाखाका पूर्व प्रवक्ता डीला खरेलले प्रथम र द्वितिय पुरस्कार, इनाक्छी इन्टरटेन्मेन्ट प्रा. लि.प्रवन्धक राम कँडेलबाट तितृय र सान्त्वना पुरस्कार प्रयोजन भएको आयोजकले जनाएको छ ।
यस्तै हाम्रो घरले आयोजना गर्ने कार्यक्रमलाई लोक तथा दोहोरी गित प्रतिष्ठान अस्ट्रेलिया, सिड्नी उपसमिति शाखाले आवश्यक सहयोग गर्ने प्रतिष्ठानका सहसचिव आभित्री भूषाल र कोषाध्यक्ष एडिसा न्यौपानेले प्रतिबद्धता व्यक्त गरिन् ।
दिउँसो १ बजेबाट साँझ ६ बजेसम्म भएको कार्यक्रममा दुई सय बढी स्रोता कार्यक्रममा सहभागी थिए ।