• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

मुख्यमन्त्री पाेखरेलको उपस्थितिमा अपाङ्गता भएकाले पाए जोन्सन खोप

पावर संदेश
   ४ श्रावण २०७८, सोमबार २१:३३  मा प्रकाशित
  • 839 पटक पढिएको







  • नवलपुर, खगेन्द्र पराजुली– नवलपुरमा आइतबार राती अबेर आईपुगेकोे जोन्सन एण्ड जोन्सनको कोभिड भाईरस बिरुद्धको भ्याक्सिन (जोन्सन कोभिड–१९ भ्याक्सिन) अपांगता भएका बाह्र जनालाई लगाईएको छ । स्वास्थ्य कार्यालय नवलपुरको समन्वयमा कोल्हुवा स्वास्थ्य चौकीमा अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गको परिचयपत्र बाहकलाई खोप लगाएर जानसेन कोभिड–१९ भ्याक्सिन लगाउन शुभारम्भ गरिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।  नवलपुर भ्रमणमा रहेका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल स्वास्थ्य कार्यालय निरिक्षणमा पुगेका बेला संयोगवस हिजो मात्रै जिल्ला आईपुगेको खोपको उद्घाटन मुख्यमन्त्रीकै प्रमुख आतिथ्यतामा भयो । एक डोज मात्रै लगाए हुने अमेरिकामा बनेको यो खोपको प्राथमिकतामा ५० देखि ५४ वर्ष उमेर समूह र अपांगताको ‘क’ र ‘ख’ वर्गको परिचयपत्र पाएका व्यक्ति तथा लक्षित वर्गका परेका छन् ।  स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईका अनुसार नवलपुरका लागि १५ हजार डोज खोप प्राप्त भएको छ । जिल्लामा २० हजारको हाराहारीमा ५० देखि ५४ वर्ष उमेर समूूहका नागरिक भएको अनुमान गरिएको तर यसअघिका खोप अभियानमा उमेर समूह बाहेक पेशागत कर्मचारीहरु समेतले खोप लगाईसकेका कारण प्राप्त खोपले प्राथमिकतामा परेका वर्गलाई समेट्न सकिने अनुमान स्वास्थ्य कार्यालयले गरेको छ । जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक बसेर खोप कार्यक्रम तालिका सार्वजनिक गरी सबै पालिकामा खोप लगाउन तोकिएको उमेर प्राथमिकताको जनसंख्याका आधारमा वितरण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑