
भिम भुसाल, देवचुली ।
कोभिडका कारण होटल ब्यवसाय धरापमा परेको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् । पुर्वि नवलपरासीको देवचुली नगरपालिकामा रहेको देवचुली होटल ब्यवसाय संघद्धारा आयोजित एप्रोन सहितको स्वास्थ्य सामाग्री वितरण तथा कोभिड सचेतना कार्यक्रममा होटल ब्यवसाय धराशायी बनेको गुनासो गरेका हुन् ।
लामो समयदेखि होटल ब्यवसाय बन्द रहेको कारण बैँकको ऋण, घरभाडा तथा हाल सम्म पनि जिल्ला प्रशासनबाट होटल ब्यवसाय बन्द गरिदा ब्यवसाय नै धरापमा परेको होटल ब्यवसाय संघ गण्डकी प्रदेश वरिष्ठ उपाध्यक्ष गौरिश्वर न्यौपानेले बताउनुभयो । ब्यवसायिको गुनासो समयमै सम्बोधन नभए देशब्यापी आन्दोलनमा उत्रने समेत न्यौपानेले बताउनुभयो ।
बिहानदेखि राति अबेरसम्म खुल्ने होटल तथा रेष्टुराँमा सधै चहलपहल हुने नवलपुरको सिजि क्षेत्रमा यति बेला मानिसहरुको चहलपहल पातलिएको देखिन्छ । साँझ ६ बजे प्रहरी आएर होटल ब्यवसाय बन्द गराउँदा ब्यवसायि नै मारमा परेको गुनासो गरेका छन् । ब्यवसाय नै धराशायी बनेको भन्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै होटल ब्यवसाय पनि अन्य व्यवसाय सरह चल्न दिनुपर्ने, ब्यवसायिको विविध आर्थिक समस्यामा राज्यले चाँसो देखाउनुपर्ने होटल ब्यवसाय संघ जिल्ला कार्यसमिति बरिष्ठ उपाध्यक्ष चोकनारायण काफ्लेले बताउनुभयो ।
पूर्वपश्चिम राजमार्ग भएर हिड्ने पर्यटक समेत नेपाल कै प्रख्यात सिजि मन्दिर हेर्न वर्षभरि नै पर्यटकको भीडभाड भइरहन्थ्यो । मन्दिर क्षेत्रको दृश्यावलोकन, शैक्षिक भ्रमण र रमाइलोका लागि घुमफिर गर्न आउनेहरूको संख्या अहिले निकै कम छ । जसको प्रत्यक्ष मारमा होटल ब्यवसायि रहेका छन् । लकडाउनले निम्त्याएको समस्यालाई आम्मसाथ गर्दै ब्यवसायिलाई राहत पुग्ने किशिमले कर, विजुली,घरभाडा तथा ऋण सहुलिएतको लागि प्रशासन समक्ष अपिल गरिएको देवचुली होटल ब्यवसाय संघका अध्यक्ष सुरेश पाण्डेले बताउनुभयो ।
संघले होटल ब्यवसायिलाई एप्रोन, माक्स, सेनिटाईजर, साबुन, ग्लोब्स सहितका स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । साथै सुरक्षा मापदण्ड अपनाएर ब्यवसाय सञ्चालन गर्न सम्पुर्ण ब्यवसायिलाई अनुरोध गरेको छ ।
