
नवलपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले गत आर्थिक वर्ष २०७७/०७८ मा १ करोड १५ लाख २८ हजार ५ सय रुपैया राजश्व संकलन गर्न सफल भएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख नारायण थापाका अनुसार सवैभन्दा धेरै कारवाही पर्नेमा ट्रक र टिप्पर छन् ।
७ हजार ८६४ वटा सवारी साधनको कारवाही बाट ४९ लाख २७ हजार राजश्व संकलन भएको छ । त्यसपछि ६ हजार ३५६ वटा मोटरसाइकललाई कारवाही गर्दा ४३ लाख ७३ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ । त्यस्तै २ हजार ३७४ वटा कार र जीपला०ई कारवाही गर्दा १३ लाख ३९ हजार , ८२७ वटा ट्याक्टर कारवाही गर्दा ४ लाख ९९ हजार र ७२५ वटा बसलाई कारवाही गर्दा ३ लाख ९० हजार रुपैया राजश्व संकलन भएको छ ।

सवारी कारवाही र जनचेतना बढाएपनि नवलपुर जिल्लामा सवारी दुर्घटनामा कमी आउन सकेको छैन । गत आर्थिक वर्षमामात्रै ४६ जना नागरिकले अकालमा मृत्युवरण गर्नुपरेको छ । जुन प्रति महिना औषतमा ३ जना भन्दा धेरै हुन आउँछ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार भर्खरै विदा भएको आर्थिक वर्ष २०७७÷०७८ मा मात्रै १३२ पटक सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा १९० वटा सवारी साधन दुर्घटनामा परेका छन् । जसका कारण ४६ जना यात्रुले अनाहकमा ज्यान गुमाउन परेको हो । सोही अवधिमा १३५ जना गम्भीर र ८५ जना सामान्य घाइते भएका थिए । मृत्यु र घाइते हुने मानिसहरुमा पुरुष धेरै छन् । ४६ जनामा ४० जना पुरुष, ४ जना महिला र २ जना बालक रहेका छन् ।
गम्भिर घाइते १३५ मध्ये १०० जना पुरुष, २० जना महिला, ८ जना बालक र ७ जना बालिका रहेका छन् । साधरण घाइतेहरुमा ८५ जनामध्य ५९ जना पुरुष,१७ जना महिला, ६ जना बालक र ४ जना बालिका रहेका छन् । गत वर्ष दुर्घटनाबाट ८ वटा पशु चौपायको मृत्यु भएको छ ।जुन भाद्र महिनाको मात्रै रेकर्ड रहेको छ । अन्य महिनामा दुर्घटनाबाट चौपयाको मृत्यु भएको उल्लेख छैन ।
पूर्व पश्चिम राजमार्गमा नै अधिकाँश दुर्घटना हुने गरेको छ । त्यस्तै पहाडी क्षेत्रको कच्ची सडकमा पनि सवारी दुर्घटना बढिरहेका छन् । ट्राफिक प्रमुख प्रहरी निरीक्षक नारायण थापाका अनुसार सवैभन्दा बढि गत वैशाखमा भएको दुर्घटनामा धेरै मानिसहरुको मृत्यु भएको छ । जहाँ १६ सवारी साधन १२ पटकसम्म दुर्घटना भएको छ । यही समय ८ जनाको मृत्यु भएको छ । २० जना गम्भीर र २२ जना सामान्य घाइते भएका थिए ।
कार्तिकमा २२ सवारी साधन १५ पटक सम्म दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । १२ जना गम्भीर घाइते र ४ जना सामान्य घाइते भएका थिए । सवैभन्दा कम श्रावण भाद्र र असार महिनामा २÷२ जना नागरिकले ज्यान गुमाएका छन् । भाद्र महिनामा १७ पटक सम्म सवारी दुर्घटना भएको छ । महिनामा ३० दिन हुन्छ । १७ पटकसम्म दुर्घटना हुनु निकै जोखिम र खतरा मान्न सकिन्छ । उक्त महिना सवैभन्दा धेरै २५ वटा सवारी साधन दुर्घटनामा परेका थिए । तर २ जनाको मात्रै मृत्यु र १५ जना गम्भीर,१० जना सामान्य घाइते भएका थिए ।
धेरै दुर्घटना हुनेमा मोटरसाइकल रहेको छ । गत आर्थिक वर्षभर ८६ वटा मोटरसाइकल,२६ वटा जिप र कार, २३ वटा ट्रक र ट्याङ्कर, १५ वटा ट्याक्टर, १३ वटा वस, १० वटा टेम्पो ,३ वटा माइक्रो र ५ वटा टिपर रहेका छन् ।