
नवलपुर, मदन अर्याल । गण्डकी प्रदेश मुख्यमन्त्रीका सचिव बिष्णु प्रसाद भुसालले बाढीबाट क्षतिग्रस्त नवलपुरको देवचुली नगरपालीका वडा नं. ५ मा रहेको मृत्युङ्गखोला पुल लगाएतका विभिन्न क्षेत्रकोको अवलोकन गर्नु भएको छ ।
सचिव भुसालले देवचुली नगरपालिका वडा ५ का वडा अध्यक्ष शिवप्रसाद सापकोटा लगाएतका जनप्रतिनि सहित भत्किएको पुलकोे अवलोकन गर्नु भएको हाे । नवलपुरमा विशेष कामकालागि आउनु भएका भुसालले बाढीले भत्काएको पुल पुःन निर्माणको लागी सबैले आआफ्नो ठाउँबाट पहल गर्नु पर्ने बताउनु भयो । प्रदेश सचिव भुसालले पुल पुःन निर्माणको लागि प्रदेश सरकारको तर्फबाट पहल गर्ने बताउनु भएको छ ।

त्यस्तै उहाँले देवचुलीमा रहेको घुमाउरी सामुदायीक बन तथा पिकनिक स्पोट, तिनकन्यामाई मन्दिर, प्राकृतिक चिकित्सालय एवं नारायणी नदिको अवलोकन गर्नु भएको छ । घुमाउरे सामुदायिक बन अवलोकन गर्ने क्रममा बनमा जिर्ण अवस्थामा रहेको पोखरीलाई मर्मत गर्ने र बर्षायाममा आएको पानि संकलन गरि माछापालन एवं बोटिङ्ग गर्न मिल्ने बनाउन सकेमा आर्थिक आयआर्जनको स्रोत बनाउन सकिने बताउनु भएको छ । ड्याम निर्माण गरि पानि संकलन गरेमा सिचाईको लागि थप सहयोग पुग्ने जनाउनुभएको छ । त्यस्तै उहाँले तिनकन्यामाईमा पार्क निर्माणको लागि पहल गर्ने जानकारी दिनुभयो । उहाँले पोखरी ड्याम निर्माणको लागि डिपिआर गर्न लागिएको र डिपिआरकालागि आवश्यक रकम निकासा भएको जानकारी दिनुभयो ।
भुषालले नारायणी नदि क्षेत्र अवलोकन गर्ने क्रममा नारायणी नदिले गर्ने कटान रोक्न तटबन्ध गर्ने र नदि क्षेत्रमा रहेका खाली जग्गालाई मनोरञ्जनात्मक क्षेत्र एवं खेल मैदान बनाउन पहल गर्ने बताउनुभयो ।
त्यस्तै भुसालले प्राकृतिक चिकित्सालयको स्तरोन्नतीका लागि पहल गर्ने र कोरोना भाईरसको तेस्रो भेरिएन्ट तिव्ररुपमा बढि रहेकोले अस्थायी कोरोना अस्पतालको लागि ३०० बेड सहितको सुविधा सम्पन्न अस्पतालकोरुपमा संचालन गर्न प्रदेश सरकारबाट पहल भई रहेको जानकारी दिनुभयो ।
गण्डकी प्रदेश मुख्यमन्त्रीका सचिव भुसालले नवलपुरको विकासलाई प्रदेश सरकारले विषेश प्राथमिकता दिने बताउनु भएको छ । उहाँले नवलपुर क्षेत्र आफैमा पनि धार्मिक, पर्यटकिए एवं प्राकृतिक रुपले भरिपुर्ण रहेकाले नवलपुर जिल्ला विकासका लागि प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।