नवलपुर । अवैध चिरान काठ सहित नवलपुरकाे दुम्किबासबाट दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । करीब ५० थान अवैध चिरान काठ सहित दुम्किबास प्रहरीले पक्राउ गरेकाे हाे ।
शनिवार विहान विनयी त्रिवेणी गाउँपालिका–१ को सर्दी जाने बाटाेमा उत्तरबाट दक्षिण तर्फ ल्याउदै गरेको ना ३ च ६६०२ नम्बरको पिक अप जिपमा करीव ५० थान सालको चिरान काठ सहित २ जनालाई पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका–२ बस्ने वर्ष २५ को चालक अम्मर ब.थारु र कावासोती नगरपालिका.–१५ बस्ने वर्ष २४ को सहचालक सुरेश चौधरी रहेकाे दुम्किवास प्रहरीले जनाएकाे छ ।
चिरान काठ ५ फिट लम्बाई ४ ईन्च चौडाई, ३ ईन्ची उचाई भएको ३० थान र ७ फुट लम्बाई, ४ ईन्ची चौडाई र ३ ईन्ची उचाई भएको २० थान गरी जम्मा ५० थान रहेकाे छ ।
बरामद गरिएको काठ र पक्राउ परेका व्यक्तिहरु अहिले इलाका प्रहरी कार्यालय दुम्कीबासमा राखिएकाे र आवश्यक कारवाहीका लागि वन कार्यालय बुझाउने तयारी रहेकाे कार्यालयले जनाएकाे छ ।