
विद्यार्थि जिवनको यो महत्वपुर्ण निर्णय लिने समय हो । कक्षा १० सम्मको अध्ययन पश्चातको ज्यादै संवेदनशील र जिवनभर फरक पार्ने विषय छनोट गर्ने अबधी हो । साउनको २३ गते एसइइ परिक्षाको नतिजा सार्वजनिक भए सँगै अब लाखौँ विद्यार्थिहरुलाइ कुन विषय पढ्ने भन्ने कुराको चिन्ताले सताउन थालिसकेको छ । नेपालमा कैंयौँ अभिभावकहरु कुन विषय पढेर आफ्ना सन्तान के बन्छ्न् भन्ने कुराको ज्ञानको कमि अझै पनि विद्यमान नै छ । अहिले कोरोना महामारीको समयमा झनै विद्यार्थि तथा अभिभावकहरुलाइ यो टाउको दुखाइको विषय बनेको छ । अहिले कक्षा १२ सम्मको अध्ययनलाइ विद्यालय शिक्षा भनिन्छ । आशा गरौँ अबको केही समयमा नै सबै नेपालीहरुले कोरोना विरुद्धको खोप पाउने छन् कोरोना महामारीबाट पनि हामी सामान्य अवस्थामा फर्कन सक्नेछौँ ।
वर्तमान् समयमा कैयौँ नेपालीहरुको जागीर गुमेको अवस्था छ , यो अवस्थामा गुणस्तरीय, सुलभ एवं जिवन उपयोगी शिक्षा रोज्नुपर्दछ । हाम्रो देश जस्तो ग्रामीण क्षेत्र र मध्ययम वर्गिय समाजमा शिक्षाको लागी बढो चिन्तन गरेर विद्यार्थि तथा अभिभावकहरु अघि बढ्नु पर्ने लजरुरी देखिन्छ । नेपालमा हामिले प्राथामिक शिक्षालाइ निःशुल्क भन्दै आएपनि कति रकम तिर्नुपर्छ भन्ने कुरा हामी सबैलाइ अवगत नै छ । अझै अबको उच्च शिक्षा हामीले सोचेको जस्तो शुलभ छैन । राम्रा खालका विषयहरु एकदमै महंगा छन । यि सबै कुराहरु हुदाहुदै पनि विद्यार्थि तथा अभिभावकहरु आत्तिनु पर्ने अवस्था छैन । वर्तमान समयमा केही कुराहरुमा मात्र ध्यान दिन सकेको खण्डमा विद्यार्थिहरुको उज्जवल भविष्य सम्भब छ । कोही पनि पैसाको अभाव र समयमा राम्रो विषय छनोट गर्न नसकेको कुरामा पछुताउनु पर्नेछैन । सबै विद्यार्थिहरुले सपना देख्न र त्यही अनुरुप आफुलाइ अघि बढाउन सक्दछन् । यसका लागि केही महत्वपुर्ण विषबस्तुहरुमा भने ध्यान दिन जरुरी छ ।

विषय छनोट गर्दा सबैभन्दा मनन गर्नुपर्ने कुरा भनेको आफ्नो इच्छा भविष्यमा के गर्ने र के बन्ने भन्ने उदेश्य छ त्यसलाइ पहिलो प्राथमिकतामा राख्न जरुरी छ । कैयौँ विद्यार्थिहरुलाइ समयमा कुन विषय छनोट गर्ने र त्यसले भविष्यमा के कस्ता अवसरहरु प्राप्त हुन्छ भन्ने कुराको कमी र लहइलहइमा लागेर विषय छनोट गर्नाले जिवनभर पछुताउनु पर्ने हुन्छ । १५÷१६ वर्षको चञ्चले उमेरमा साथीभाइको प्रभावमा परेर मेरो साथी कुन कलेज पढ्यो , कुन विषय पढ्यो भन्ने कुरामा भुलेर आफ्नो इच्छा , चाहना र उदेश्य भन्दा फरक दिशातर्फ अघि बढ्ने गरेको पाइन्छ । घर परिवारको करकापमा परेर समेत विषय छनोट गर्दछन् जसले गर्दा आफ्नो क्षमता राम्रो सँग अघि बढाउन सक्दैनन् । यस संवेदनशिल घडिमा घर परिवारको साथ जरुरी हुन्छ र आफ्ना सन्तान जुन विषय पढ्न चाहन्छ त्यहि विषय पढ्नका लागी सहयोग गर्नुपर्छ । जुनसुकै विषय उत्तिकै महत्वपुर्ण रहेका छन् । रुची र उदेश्य अनुसारको विषय पढ्दा ठुलो उपलब्धि हासील गर्न सकिन्छ । यतिबेला आफ्नो घरपरिवार , साथिभाइ , अग्रज र आफुलाइ कक्षा १० सम्म पढाउने गुरुहरुको राय सुझाव लिएर आफ्नो इच्छा अनुसारका विषय पढ्न सकिन्छ ।
विज्ञान
सबैभन्दा धेरै क्षेत्रमा जान सकिने भनेको कक्षा ११ र १२ मा विज्ञान विषय लिएपछि हो । जसबाट तपाइहरु इन्जिनियरिङ , मेडिकल, एग्रिकल्चर, आइटि, विएएलएलवि लगाएतका क्षेत्रमा पढ्न पाउनु हुन्छ । इन्जिनियरिङ, मेडिकल, आइटिका लागि विज्ञान अनिवार्य विषय हो । विज्ञान विषय पढेर तपाइहरु स्नातक तथा स्नातकोत्तरमा सिभिल, इलेक्ट्रीकल, कम्पूटर, केमिकल, मेकानिकल लगाएतका थुप्रै इन्जिनियरिङ पढ्न सक्नु हुन्छ । मेडिकल क्षेत्रमा एमविविएस, विडिएस् , विएन नर्सिङ, वियुएमएस, विएएमएस आदि क्षेत्रमामा पढ्न सक्नुहुन्छ । एग्रिकल्चरमा विएसी एजि, फरेस्ट्री पनि पढ्न सक्नु हुन्छ । आइटि क्षेत्रमा विएससी सिएसआइटि, विसिए यदि तपाइहरु १२ पछि व्यवस्थापन, मानविकी तथा शिक्षामा जान चाहनुहुन्छ भने पनि तपाइ जान् सक्नु हुन्छ ।
व्यवस्थापन
वर्तमान् समयमा धेरै ग्रामिण तथा शहरी क्षेत्रका विद्यार्थिहरुले अत्याधिक छनौट गर्ने विषयमा व्यवस्थापन संकाय पर्दछ । कक्षा ११ र १२ मा व्यवस्थापन संकाय पढ्दा तपाइहरुले विजनेस तथा कम्पूटरलाइ प्रमुख विषय बनाउन सक्नु हुन्छ । यदि तपाइ व्यवस्थापन पढ्नु भयो भने कक्षा १२ मा तपाइहरु अर्थसशास्त्र र सामान्य गणित विषय छनोट गर्ने अवसर प्राप्त गर्नुहुन्छ । स्नातक तथा स्नातकोत्तरमा विविए , विविएस तथा एमविए, एविएस, विएएलएलवि, विसिए गर्न सक्नु हुन्छ । यदि तपाइ कम्प्युटर प्रमुख विषयमा छनौट गर्नुभएको खण्डमा स्नातकका विसिए लगाएतका थुप्रै विषय समेत पढ्न सक्नु हुन्छ । कक्षा ११ र १२ मा तपाइलाइ विज्ञान विषय पढ्न रुची छैन तर टेक्नोलोजि र आइटि पढ्न मन छ भने विसिए ज्यादै राम्रो हुन्छ जसमा विज्ञान पढ्नु पनि पर्दैन । यदि तपाइ व्यवस्थापन पढ्नुभयो भने भविष्यमा आफ्नै व्यवसाय तथा विभिन्न वित्तिय संस्थाहरुमा काम गर्ने अवसर प्राप्त गर्नुहुन्छ भने आइटि क्षेत्रमा समेत काम गर्न सक्नु हुन्छ ।
शिक्षा
शिक्षा यदि तपाइलाइ नेपाली तथा अंग्रेजी विषयलाइ प्रमुख विषय लिएर पढ्न मन छ भने तपाइहरु शिक्षा लिएर पढ्न सक्नु हुन्छ । कक्षा ११ र १२ मा तपाइहरु शिक्षा संकायमा यि विषयलाइ प्रमुख विषयमा पढ्न सक्नुहुन्छ । जसमा भविष्यमा स्नातक तथा स्तातकोत्तर गर्न सक्नु हुन्छ । यो विषयको डिग्री तपाइले प्राप्त गरेपछि विभिन्न पत्रपत्रिकाका सम्पादकीय , प्रुफ रिडर , दर्शक अनुसन्धान , बजार , साहित्य , शिक्षण पेसा , इतिहास , समाज भाषा विज्ञान लगाएतका क्षेत्रमा जागिर गर्न सक्नुहुन्छ भने यसै सँग सम्बन्धित व्यवसायहरु समेत गर्न सक्नु हुन्छ । यि विषयहरुमा गणित तथा विज्ञान पढ्नु पर्देन यदि तपाइहरुलाइ गणित तथा विज्ञान नभएको विषय पढ्न मन छ भने शिक्षा ज्यादै उपयोगी हुन्छ ।
नेपालमा माथि उल्लेख भएका भन्दा धेरै विषयहरु पढ्न सक्नु हुन्छ यित सामान्य उदाहरणहरुमात्र हुन् । यि बाहेक पनि यस्ता थुुप्रै खाले विषयहरु रहेका छन् । तपाइहरु सिटिइभिटि बाट सञ्चालन हुने ३ वर्षिय डिप्लोमा कोर्षहरु समेत गर्न सक्नु हुन्छ । पिसिएल नर्सिङ , डिम्पोमा इन सिभिल इन्जिनियरिङ , डम्पोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ, फार्मेसी , एच्ए जस्ता कोर्षहरु समेत गर्न सक्नुहुन्छ । विद्यार्थिहरुको रुची र चाहना अनुरुपमा धेरै विषयहरु नेपालमा उपलब्ध छन् धेरै समय पनि छ तसर्थ धैर्य गरेर त्यस्ता विषय छनोट गरि उज्जवल भविष्य समेत निर्माण गर्न सकिन्छ । विषय छनोट गर्ने क्रममा तपाइहरुको रुची र क्षमता अनुसार अघि बढ्ने क्रममा समस्या भएको खण्डमा इन्टरनेटको प्रयोग , अग्रज तथा शिक्षकहरु सँग सल्लाह तथा विभिन्न कलेजहरुसँग विषयबस्तुको बारेमा बुझ्न समेत सक्नुहुन्छ ।
कलेज छनौट प्रक्रियामा ध्यानदिनुपर्ने कुराहरु नेपालका अधिकांश घरपरिवार गरिब तथा मध्ययम बर्गिए रहेका छन् यो घडिमा यदि विचार पुराउने र अघि बढ्ने हो भने उच्च शिक्षाका लागि समेत सजिलो हुन्छ । नेपालका अधिकांश विद्यार्थिहरु समादायिक विद्यालयमा अध्ययन गर्दछन् तर कक्षा ११ र १२ भने संस्थागत अर्थात प्राइभेट कलेजहरुमा भर्ना हुने गर्दछन् जसले गर्दा स्नातक तथा स्नातकोत्तर पढ्ने बेलामा धेरै खर्च लाग्दछ । हामिले अस्ति भर्खरको उदाहरण लिन सक्दछौ नेपालमा भएका सामुदायिक विद्यालयहरु पनि धेरै अब्बल रहेका छन् भन्ने कुराको दरो प्रमाण पाएका छौँ यो हो एमविविएस्को इन्ट्रान्स परिक्षामा ११ हजार जना विद्यार्थि पछि पार्दे आशिक झा नेपाल प्रथम भएका छन् जो सामुदायिक विद्यालयमा पढ्का हुन् । अहिले संस्थागत विद्यालय तथा कलेजहरुको विभिन्न खालका प्रचार र प्रभावका कारण कैयौँ विद्यार्थिहरु आफ्नो क्षेत्रमा अब्बल सामुदायिक कलेजहरु हुदाहुदै पनि संस्थागत कलेजहरुमा भर्ना हुने होडबाजि देख्न सक्दछौँ । यसले गर्दा महंगो शुल्क तिर्नुपर्ने बाध्यता त छदैछ त्यसमाथि पनि स्नातक तहको पढाइमा पाइने छात्राबृत्ति समेत पाउन गाह्रो हुन्छ । यसो भन्दैमा संस्थागत् कलेजहरु राम्रा छैनने भन्न खोजेको पनि होइन् । यदि तपाइहरु आफ्नै ठाँउमा रहेको सामुदायिक कलेजहरुमा अध्ययन गर्नुभयो भने तपाइहरुलाइ पैसाको बचत साथै भविष्यमा आउने अवसरहरु प्राप्त गर्न समेत सजिलो हुने गर्दछ । यसरी अघि बढ्ने हो भने विद्यार्थिहरुको उज्वल भविष्य सुनिश्चित हुन्छ भने अभिभावकहरुको इच्छा समेत पुरा हुन्छ । सरकारले समेत उच्च शिक्षाका लागि विभिन्न योजना तथा छात्राबृद्धि ल्याएर सबैलाइ न्याए गर्न जरुरी छ र गर्नुपर्दछ ।