नवलपुर । नवलपुरमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार बुधवार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधवार थपिएका संक्रमित मध्ये गैंडाकोटमा २२ , देवचुलीमा १०, कावासोतीमा ३० , मध्यविन्दुमा १४ , हुुप्सेकोटमा ३ र बुलिगंटारमा ३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।बुधवार थपिएका ८२ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६७४ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।