देवचुली, मदन अर्याल
नवलपुरको देवचुली नगरपालिका वडा नं ११ ले आफ्नाे वडा कार्यालय भवनकाे औपचारिकरुपमा समुद्घाटन गरेकाे छ । करीव एक बर्ष अगाडि निर्माण भई वडाकाे सम्पूर्ण गतिविधिहरु संचालन गरिएतापनि काेभिडका कारण उद्घाटन गर्न सकिएकाे थिएन ।
समुद्घाटन कार्यक्रममा वडा नं ११ का अध्यक्ष रमेश बहादुर ठाडा, नगरप्रमुख पुर्णकुमार श्रेष्ठ, उपप्रमुख पार्वता तिवारी, जनप्रतिनिधि लगाएतकाे उपस्थिति थियाे ।
वडाले आफ्नै कार्यालयबाट सेवा सुचारु गर्दा सेवा दिने र सेवालिने (सेवाग्राही) लाई सहज भएकाे र काम कारवाही प्रभावकारी रुपमा अगाडि बढेकाे वडा अध्यक्ष ठाडाले जानकारी दिनुभयाे ।
त्यस्तै कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकाकाे नीति अनुरुप हाल सम्म देवचुलीका १४ वटा वडाले आफ्नै भवनवाट सेवा सुचारु गरेकाे र बाँकी रहेका वडामा पनि छिट्टै भवन निर्माण हुने बताउनुभयाे । श्रेष्ठले जनप्रतिनिधिहरु जनता प्रति सधै उत्तरदायी र जनताकाे सुख दुःखकाे साथ दिनुपर्ने बताउनु भयाे । उहाँले देवचुली नगरपालसका भित्रका सम्पूर्ण नगरवासीको हकहितकाेलागि आफू प्रतिबद्ध रहेकाे जिकिर पनि गर्नुभयाे ।
त्यस्तै सम्पूर्ण वडाले आफ्नै क्षेत्रमा रहेकाे कार्यलयवाट सेवा प्रवाह गर्दा वडाबासीलाई टाढा जानू नपर्ने र काम गर्न सहजहुने उपप्रमुख पार्वता तिवारीले बताउनु भयाे । देवचुली नगरपालिकाकाे विकासलागि सम्पुर्ण जनप्रतिनिधिहरु जिम्मेवार रहेकाे र उदाहरणीय नगरपालीका निर्माणकालागि आफुहरु लागि परेकाे उहाँले जानकारी दिनुभयाे ।
वडाध्यक्ष रमेश बहादुर ठाडा मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरप्रमुख पूर्णकुमार श्रेष्ठले वडा कार्यालयको उद्घाटन गर्नुभएकाे थियाे ।
कार्यक्रममा वडा कार्यालय निर्माणमा सहयाेग गर्ने दाता तथा सहकर्मी हरुलाई सम्मान गरिएको थियो ।