
इटहरी । राजसंस्था प्रति आस्था राख्ने सञ्चारकर्मिहरूको साझा संगठन मिडिया नेपालमा बबण्डर मच्चिएको छ । नेतृत्व पक्षले गतिशिल पाइला चाल्न नसकेको निस्कर्ष निकाल्दै एकै साथ ६ जना केन्द्रिय सदस्यहरूले राजिनामा दिएपछि मिडिया नेपालमा ठुलै हलचल मच्चिएको छ ।
संगठनलाइ बलियो बनाउने र कार्ययोजना बनाएर अघि बढन पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाय नै नभएको भन्दै मिडिया नेपालका ६ जना केन्द्रिय सदस्यहरूले शनिबार उकै साथ राजिनामा दिएका हुन । यसरी राजिनामा दिनेहरूमा मिडिया नेपालका केन्द्रिय सदस्यहरू रराधिका जोशि ९अनुपमा०विकल रेग्मी ,बिमल जैरु,अनिल श्रेष्ठ,राधिका श्रेष्ठ, र कासिराम शर्मा रहेका छन ।

उनिहरूले नेतृत्व पक्षलाइ पटक पटक संगठन बिस्तार र आगामि योजनाहरू तयार पारेर काम गर्न सुझाव दिदै आएपनि कुनै सुनुवाइ नभएको भन्दै संगठनको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको जानकारी गराएका छन । साथै उक्त राजिनामा स्विकृति गरिदिन नेतृत्व पक्षलाइ आग्रह समेत गरेका छन ।