
नवलपुर, मदन अर्याल । नवलपुर प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेकाे छ । जिल्लाकाे विनयी त्रिवेणी गाँउपालीका १ स्थित हाेङ्सी सिमेन्ट कारखाना जाने बाटाेमा चेक जाँच गर्ने क्रममा तिनजनालाई लागुऔषध सहित पक्राउ गरिएकाे हाे ।
पुर्व पश्चिम राजमार्ग खटिएकाे RSCC चेकिङ टाेलीले शंकालागेर चेकजाँच गर्दा पश्चिमबाट पुर्व तर्फ जादैँ गरेको लु १ ज ३९४८ नं.को ट्याक्सी र बा ९२ पा २५१३ नं. को स्कुटरमा नगद छपन्न हजार (५६,०००),सामसुङ मोवाइल थान १, COLORS थान १ र EGO थान १ लागुऔषध सहित पक्राउ गरेकाे प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
पक्राउ पर्नेमा गुल्मि सिर्सेनी-८ बस्ने बर्ष ३० का ट्यक्सी चालक प्रेम बहादुर भुसाल, रुपन्देही लुम्बिनी सांस्कृतिक १० बस्ने बर्ष २९ का साेम बहादुर भण्डारी र मकवानपुर हेटाैडा १६ बस्ने बर्ष ३० का अेाम कुमार बम रहेका छन् । उनिहरुकाे साथबाट डाईजापाम ४९० एम्पुल, फेनारगन ४९९ एम्पुल र Buprenorphine ४८२ एम्पुल गरि जम्मा १४७१ लागुऔषध फेला परेकाे प्रहरी कार्यालयले जनाएकाे छ ।
हाल उनिहरुलाई नियन्त्रण लिई “लागु औषध नियन्त्रण ऐन २०३३ “बमोजिम थप अनुसन्धान भईरहेको प्रहरी कार्यलयले जानकारी दिएकाे छ ।
