रामकुमार श्रेष्ठ , नवलपुर । करीव ३ लाखको जनसंख्या रहेको नवलपुर जिल्लामा शुक्रबारसम्म ७४ हजार ८ सय ४ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । जस मध्ये ५५ हजार ३ सय १४ जनाले डोस्रो डोजको समेत खोल लगाएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरले दिएकाे जानकारी अनुसार नवलपुरमा पहिलो डोज कोभिशिल्ड १९ हजार २ सय ९४, भेरोसिल ४० हजार ५४, सिंगल खोप ज्यानसेन १५ हजार २८ जनाले लगाएका छन् ।
त्यस्तै दोस्रो डोज कोभिशिल्ड १५ हजार १ सय ६२, काठमाडौं पहिलो डोज लगाएर जिल्लामा दोस्रो डोज भेरोसिल ४ सय ३० जनाले लगाएका छन् । त्यसैगरी भेरोसेलको दोस्रो डोज २४ हजार ६ सय ९४ जनाले लगाएका छन् ।
दोस्रो डोजको खोप लगाउन छुटेकालाई खोप लगाउने कार्यक्रम भने चलिरहेको स्वास्थ्य कार्यालय नवलपुरले बताएकाे छ ।