नवलपुर । मध्यविन्दु जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सांसद तिलक मतको समन्वयमा स्वास्थ्य सामाग्री जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको हो ।
मध्यविन्दु जिल्ला अस्पताललाई ७ थान अक्सिजन कन्सन्टे«टर, पल्स अक्सिमिटर ५ थान, माक्स, सेनेटाइजर, गाउन सेट, एन ९५ माक्स, फेस सिल्ड, ग्लोब्स लगाएतका स्वास्थ्य सामाग्री सहित औषधीहरु हस्तान्तरण गरिएको हो ।
सामाग्री हस्तान्तरण गर्दै सांसद तिलक महतले अस्पतालको विकासका लागि आफु जुन भूमिकामा रहदाँ समेत सहयोग पुर्याउने बताउनुभयो । जिल्ला अस्पतालको विकास सहित यहाँका समस्या समाधानकालागि जनप्रतिनिधिको हिसाबले संधै समन्वय गरिरहने बताउनुभयो ।
आफु सांसद मात्रै नभई एक स्थानीय नागरिक समेत भएको बताउदै अस्पतालको विकासले कुनै स्वास्थ्य समस्या भए आफु मात्रै नभै सबै जिल्ला बासीले सहज रुपमा नजिक उपचार गराउन सक्ने बताउनुभयो । यसकालागि समेत आफु यसको विकासमा समन्वयकारी भूमिकामा संधै रहने बताउनुभयो ।
मध्यविन्दु जिल्ला अस्पताललाई प्रदेश बाहिरको मेडिकल कलेजको रुपमा विकास गर्न सकिने हुदाँ यसको लागि समेत सबैले पहल गर्नुपर्ने सांसद महतले बताउनुभयो । आफु समेत यसको लागि समन्वय गर्न आफु सदैव लाग्ने सांसद तिलक महतले बताउनुभयो ।
सामाग्री हस्तान्तर कार्यक्रमका बोल्दै अस्पतालका मेसु डा. विरबहादुर थापाले सामाग्री हस्तान्तरणमा पहल गरिदिनुभएको सांसद महतलाई धन्यवाद दिनुभएको थियो । अस्पतालको विकासमा सबैको साथ सहयोग रहेको बताउदै अस्पतालमा केही दरबन्दीको अभाव रहेको भन्दै यसकालागि पहल गर्न सहयोग गरिदिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै मध्यविन्दु जिल्ला अस्पतालका भवन निर्माण समिति संयोजक एवं नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखे्रलले उद्योगी ,व्यवसायीलाई कोभिड विरुद्धको खोप लगाउन पहल गरिदिन आग्रह गर्नुभएको थियो । जिल्ला स्वास्थ्य कार्यालयबाट समेत यसकालागि समन्वय गरिदिन उहाँले आग्रह गर्नुभएको थियो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापा, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशवपूसाद चापागाईं,मध्यविन्दु जिल्ला अस्पतालका भवन निर्माण समिति संयोजक एवं नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखे्रल, सहयोगी मन नेपालका अध्यक्ष शिव गिरी लगाएको उपस्थिती रहेको थियो ।