
नवलपुर। लागुऔषध सहित दुई जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान पुर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती-१६, चालीस किलो जंगलबाट बसमा सवार दुई जनालाई पक्राउ गरेको हो ।
पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा ४ ख ६६७० नम्बरको बसमा सवार कास्की पोखरा महानगरपालिका वडा नं. ९ बस्ने बर्ष २३ को आशिष गुरुङ र सोह ठाउँ बस्ने बर्ष १९ की मेनुका परियारलाई प्रहरीले नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

उनीहरुको साथबाट डाईजापम ५० एम्पुल, नुफिन ५० एम्पुल, फेनारागन ५० एम्पुल बरामद भएकाे छ ।
हाल उनिहरुलाई नियन्त्रण लिई “लागु औषध नियन्त्रण ऐन २०३३ “बमोजिम थप अनुसन्धान भईरहेको प्रहरी कार्यलयले जानाएकाे छ ।