नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पुर्व नवलपुरको कावासोतीमा रहेको मालपोत कार्यालयले जग्गाको लिखत पास गर्दा न्यूनतम मुल्याङ्कन भन्दा कम थैली अङ्क राखी लिखत पास गरेको छ । महालेखा परीक्षकको अन्ठाउन्नौ प्रतिवेदनमा नवलपरासी पूर्वको मालपोत कार्यालय सहित बिभिन्न १२ कार्यालयबाट जग्गाको न्यूनतम मूल्याङ्कन पुस्तिकामा उल्लेख गरेको भन्दा घटी थैली अङ्क राखी लिखत पास गरेको उल्लेख गरिएको छ । बिभिन्न ३२ जनाको लिखतमा २५ करोड ६८ लाख ३० हजार थैली कायम हुन गई रजिष्टे « सन दस्तुर १ करोड १६ लाख ७ हजार र पुँजीगत लाभकर ७ ९ लाख ९ ३ हजार गरि कुल १ करोड ९ ६ लाख घटी भएकाले उक्त रकम असुल उपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालेखाको प्रतिवेदनमा मालपोत कार्यालयको भवन निर्माणको समयमा निर्माण व्यवसायीबाट असुल गर्नुपर्ने १७ लाख ९ ५ हजार असुल नगरिएको समेत बताएको छ । महालेखाले उक्त रकम असुलगर्नुपर्ने समेत जनाएको छ । प्रतिवेदनमा भनिएको छ ‘ भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीको भवन निर्माण कार्यका एक निर्माण व्यवसायीले तोकिएको समयमा कार्य सम्पन्न नगरेकाले १७ लाख ९ ५ हजार पूर्व निर्धारित क्षतिपूर्ति लिने गरि २०७६ , ११,३० मा सचिव स्तरीय निर्णयबाट म्याद थप भएको छ । निर्माण कार्यको अन्तिम बिलको भुक्तानी हुँदा उक्त रकम असुल नगरेकाले निर्माण व्यवसायीबाट असुल उपर गरि राजस्व दाखिला गर्नुपर्दछ ‘ ।