नवलपुर । नेपाल टेकिलममा समस्या आएपछि नवलपुरमा ५ दिनदेखि नेटवर्कमा समस्या देखिएकाे छ । नवलपुरमा परेकाे भारि बर्षाकाे कारण टेलिकमकाे फाईवरमा समस्या आएपछि नेटर्वकमा समस्या आएकाे हाे ।
दाउन्नेको खुर्सानी खोला र आसपासको क्षेत्रमा गएको पहिरो क्रममा नेपाल टेलिकमको फाईबरमा क्षति भएको कारण समस्या आएको नेपाल टेलिकम कावासोतीका निमित्त कार्यालय प्रमुख कविराज लम्सालले जानकारी दिनुभयाे ।
पछिल्लो ५ दिनदेखि नवलपुर आसपासको क्षेत्रमा नेपाल टेलिकमको फोन, मोबाइलका फोन सेवा, एसएमएस सेवा, इन्टरनेटमा समस्या आउँदा सेवाग्राही समस्यामा परेको छन् ।
कहिले काही सामान्य नेटवर्क देखिने गरे पनि पुन नेटवर्कमा समस्या आउने गरेको छ । विहीबार बिहान सम्म सेवा सुचारु हुने लम्सालले वताउनु भएकाे छ ।