वर्तमान समयमा नेकपा एमाले नवलपुरका नेताहरुको निद्रा विथोलिएको छ । देशभरीका नेकपा एमालेका नेताहरु निदाउन सकिरहेका छैनन्, जसको कारण नेपाल कम्यूनिष्ट पार्टि एमालेको विभाजन भई एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टि खोल्नाले हो । गुटको राजनीतिले पार्टिलाइ कहाँ पुराउने गर्दछ भन्ने कुराको जबरजस्त उदाहरण हो नेकपा एमालेको फुट । देशकै ठुलो पार्टिको रुपमा स्थापित भएको नेकपा एमाले अहिले ज्यादै ठुलो समस्याबाट गुज्रिरहेको छ। पार्टिका शिर्ष नेतृत्वको पार्टि र सरकारमा व्यक्ति बलियो हुने महत्वकांक्ष, पदको राजनीति, लापरबाही, अहंकार, गुटको राजनीती, सांगठनिक विस्तारको कमी, पार्टि भन्दा व्यक्तिको वढि जयजयकार जस्ता कुराहरुले पार्टिलाइ यो अवस्था सम्म ल्याइ पुराएको छ ।
वि.सं. २०७४ फागुन ७ गते तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच भएको बाम गठबन्धनपछि स्थापना भएको नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) दुइ अध्यक्षीय प्रणलि बाट नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) अघि बढिरहेको थियो जसको नेतृत्व केपि शर्मा ओली र पुष्पकमल दहाल प्रचण्डले गरेका थिए । नेपलाको इतिहासमा सबैभन्दा ठुलो कम्यूनिष्ट पार्टि बनेर विश्वलाइ चकित पार्दे कम्यूनिष्ट एक भएको सन्देश दिन सफल कम्यूनिष्ट पार्टि नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) समेत ४ वर्ष नवित्दै बाम गठबन्धन तोडियो ।
बाम गठबन्धन पछि भएको प्रदेश र संघिय तहको निर्वाचनमा दुइ तिहाइको बहुमत प्राप्त गरी संघिय सरकार र ६ वटा प्रदेशमा प्रदेश सरकार बनाएको नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) अहिले आएर प्रमुख प्रतिपक्षको भुमिकामा छ । अझै भनौ केहि सत्ता पक्ष त केहि प्रतिपक्षमा छन् । नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) भित्रको आन्तरीक कलह, नेताहरुले पार्टिलाइ मिलाएर लैजान नसक्नु, सांगठनिक विस्तार गर्न नसक्नु, पुर्व नेकपा एमाले भित्रका नेताहरुको व्यक्तिगत चाहना बढ्दै जानु, केपि शर्मा ओलिलाइ पार्टि भित्रबाटै असहयोग हुनु जस्ता कुराहरुले संघिय तथा प्रदेश सरकारमा ठुलो उथलपुथल भयो जसको फलस्वरुप दुइ तिहाइको बहुमत प्राप्त नेकपाको सरकार ढलेको मात्र छैन् अबको चुनावमा कहाँ पुग्ने भन्ने कुरामा समेत खुब चिन्ताको विषय बनेको छ ।
एमालेमा करिब ४ दशक लामो राजनीति गरेर माले हुदै एमालेको नेतृत्व गर्दे गृहमन्त्रि, उपप्रधानमन्त्री तथा प्रधानमन्त्री बनेका माधव कुमार नेपालले नयाँ पार्टि खोलेपछि एमाले दुइ धार भएको छ । जसलाइ पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुइ धार भएको अथवा पार्टि टुक्रिएको नभइ चोइटिएको हो भनेका छन् । नेकपा एमालेलाइ वर्तमान् अवस्था सम्म पुराउनका लागी ठुलो योगदान गरेका नेताले यसरी नयाँ पार्टि निर्माण गरेर अघि बढ्नुले धेरैलाइ अचम्मित बनाएको छ ।
युवा संघको संस्थापक अध्यक्ष देखी लिएर नेकपा एमालेको अध्यक्ष तथा दुइ पटक प्रधानमन्त्री समेत बनेका केपी शर्मा ओली समेत अहिले ज्यादै ठुलो संकटमा देखिएका छन् । १४ वर्ष जेल जिवन पश्चात पनि अलिकति पनि विचलित नभइ जिवनभर राजनीति गरेका केपी ओली आफु नेकपा एमाले हुदाँ सबैभन्दा ठुलो कम्यूनिष्ट शक्ति बनाएर दुइ तिहाइको सरकार बनाउन सफल भएका थिए । तर आफ्नै पार्टिका नेताहरुलाइ मिलाएर लैजान नसक्दा कताकता अब नेपालमा कम्यूनिष्टहरु पनि असफल नै हुन् भन्ने सन्देश समेत आम जनमानसमा परेको छ ।
अर्काेतिर एमालेका उपाध्यक्ष तथा विभिन्न समयमा मन्त्री समेत भएका वामदेश गौतम् समेत लामो समय सम्मको पार्टिलाइ एक बनाएर लाग्ने अडान बाट पछि हटेर नेकपा एमाले बाट राजिनामा दिएका छन् । बाम गठबन्धन गर्न महत्वपुर्ण मुमिका खेल्ने देखी लिएर पछिल्लो समयमा नेकपा एमालेलाइ एक बनाइराख्न तत्पर रहेका बामदेव गौतमले राजिनामा दिनुले पनि वर्तमान राजनीतिमा नयाँ सोच पैदा गरेको छ ।
नेकपा एमाले टुक्रिएर बनेको नेकपा (एकिकृत समाजवादी) पार्टिमा आफ्नै दुइ तिहाइ बहुमतको सरकार ढलाउन सफल भएका अध्यक्ष माधव कुमार नेपाललाइ साथ दिएका नेकपा एमालेकै दोस्रो पस्ताका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराइ, अष्टलक्ष्मि शाक्य, भिम रावल, अमृत बोहोरा लगाएतका नेताहरुले समते माधव कुमार नेपालको नेकपा (एकिकृट समाजवादी) लाइ साथ छोडेर अहिले नेकपा एमालेमा नै रहने भएका छन् । जसले गर्दा अहिले माधव कुमार नेपाललाइ ठुलो झड्का समेत लागेको छ ।
राजनीतिक दल सम्बन्धि ऐन २०७३ लाइ तत्काल संसोधन गर्न आवश्यक भएको र हाल संघिय संसदको अधिवेशन नभएको व्यहोरा उल्लेख गर्दे राजनीतिक दल सम्बन्धि ऐन (दोस्रो संसोधन) अध्यादेश २०७८ भदौ २ गते जारी भएपछिको माधव कुमार नेपालले २०७८ भदौ ९ गते नेकपा (एकिकृत समाजवादी) पार्टि दल दर्ता गर्न सफल भए सँगै देशभरी नै नेकपा एमाले भित्र ज्यादै ठुलो प्रभाव परेको छ । जसले गर्दा नवलपुरमा समेत यसको केहि प्रभाव देख्न सकिन्छ । नवलपुरमा भने यसको प्रभाव अलि कम परेता पनि नेताहरुलाइ भने ज्यादै टाउको दुखाइको विषय बनेकै छ ।
नवलपुरमा नेकपा एमाले कस्तो अवस्थामा छ त भन्ने कुरा अहिले सम्पुर्ण दलका नेता कार्यकर्ता तथा आम सर्वसाधारणको चासोको विषय बनेको छ । संघिस सांसद तथा नेकपा एमालेको केन्द्रिय सदस्य माननीय तिलक महत, गण्डकी प्रदेशका सांसद तथा नेकपा एमाले नवलपुरका अध्यक्ष रोशन गाह, एमालेका पुर्व सांसद समेत रहेका कृष्ण पौडेल लगाएतका नेकपा एमाले नवलपुरका प्रभावशालि नेताहरु पनि अहिले नेकपा एमालेमा नै रहने भएका छन् जसले गर्दा नवलपुर एमाले बलियो भएको छ भने पुर्व एमाले बाट स्थानिय तहको निर्वाचनमा उठेर जित हासिल गर्न सफल तथा असफल धेरै नेताहरु अन्य पार्टिमा नजाँदा यहाँको अवस्था राम्रो नै रहेको देख्न सकिन्छ । नेकपा एमालेका नेता तथा पुर्व गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्वि सुब्बा गुरुङ गण्डकी प्रदेशको सरकार ढलेपछि केपि ओलि सँग रुष्ट देखिन्छन् यदि उनि माधव कुमार नेपाल नेतृत्वको पार्टिमा गए भने नवलपुरमा नेकपा एमालेले ठुलो क्षति बेहुनुपर्छ तर पनि उनि नेकपा एमालेमै रहेर राजनीति गर्ने देखिन्छ ।
नेकपा एमालेका नेताहरु माधव कुमार नेपालले गठन गरेको नेकमा (एककृत समाजवादी) मा गएका छैनन् जसले गर्दा नवलपुरमा नेकपा एमालेको अहिलेको अवस्था राम्रो छ भन्न सकिन्छ । अहिलेको अवस्थामा अझै पनि धेरै नेता तथा कार्यकर्ताहरु कता जाने भन्ने कुरामा अन्योलता कायम नै छ । नेकपा एमाले नवलपुरका पार्टि अध्यक्ष रोशन बहादुर गाह हुन् भने नेकपा एमालेका भातृ संगठनहरु म युवा संघका अध्यक्ष कृष्ण कंडेल, अनेरास्ववीयूका अध्यक्ष कृष्ण गैरे, अनेमा संघको लिला थनेतले नेतृत्व गरिरहेका छन् । यसरी पार्टि र भातृसंगठनको नेतृत्व गरिरहेको भएता पनि सन्तोष जनक काम गर्न सकिरहेका छैनन् ।
आगामी चुनावमा के हुन् सक्छ भन्ने कुरा अहिले एकिन गर्न गाह्रो भएता पनि हामी माथिका घटनाक्रमहरु हेर्दा केही अनुमान लगाउन सक्छौँ । संघिय सांसदमा ३ पटक सम्म नवलपुरबाट निर्वाचित भएका संघिय सांसद तथा नेपाली कांग्रेसका महामन्त्रीको, गण्डकी प्रदेशका मुख्य मन्त्रि कृष्ण चन्द्र नेपाली भएको नवलपुर पुरै कांग्रेसमय हुनु पर्ने हो तर तर पनि जनभावना अनुरुप काम गर्न नसकेको कारण अवको चुनावमा के हुन्छ भन्ने कुरा एकिन गर्न कठिन देखिन्छ । रहेको नवलपुर यसो हेर्दा सबै कांग्रेसमय हुन पर्ने तथा यहाँका पालिकाहरु प्रदेश तथा संघिय निर्वाचनमा नेपाली कांग्रेसले जित हात पार्नुपर्ने भएतापनि नवलपुरमा नेकपा एमालेका नेताहरुको लगनशिलताको कारण यो सफल भएको देखिदैन । अहिले चलिरहेको कांग्रेसको महाधिवेशनमा पालिका तथा जिल्ला स्तरमा को को नेताहरुले नेतृत्व पाउछन् यसले पनि नेकपा एमालेको अवको भविष्य निर्धारण गर्दछ ।
२०७४ सालको संघिय निर्वाचनमा नवलपुरबाट निर्वाचित भएका शशांक कोइराला तथा तिलक महत कांग्रेस तथा एमालेका नेताहरु हुन । प्रदेश तहको निर्वाचनमा नेपाली कांग्रेस बाट कृष्ण चन्द्र नेपाली पोख्रेल, ओम कला गौतम, विष्णु लामिछाने, तथा नेकपा एमाले बाट रोशन बहादुर गाह,जनकलाल श्रेष्ठ, लक्ष्मि सुनार हुन् । वर्तमान नेकपा एमालेका सांसद संघिय तथा प्रदेश तहको निर्वाचनमा नेकपा एमाले तथा नेकपा माओवादी केन्द्र विच बाम गठबन्धन भएपछि निर्वाचित भएका हुन् । बाम गठबन्धनका कारण पनि प्रदेश र संघिय निर्वाचनमा विजय हासिल गर्न सफल भएका नेकपा एमालेका नेताहरु आगामी चुनावको नतिजा सम्झेर ठुलो पिर परेको देखिन्छ ।
बाम एकताका बेला नेपाल कम्यूनिष्ट पार्टि नेकपा बाट चुनाव जित्न सफल भए पनि वर्तमान् समयमा माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) र नेकपा माओवादी केन्द्र आगामी चुनावमा गठबन्धन गरेर चुनाव लड्ने ठुलो सम्भावना छ । जसको प्रत्यक्ष लाभ नवलपुरमा नेपाली कांग्रेसले लिनेछ र स्थानीय, प्रदेश तथा संघिय निर्वाचनमा सफलता हात पार्ने देखिन्छ ।
यस्तो अवस्था रहेको नवलपुर नेकपा एमालेमा अवका दिनहरुमा केन्द्रिय , प्रदेश, जिल्ला तथा पालिका तहका नेतृत्वले विशेष ध्यान दिएर सबैलाइ मिलाएर लैजान सकेको खण्डमा र हाल सम्म पनि नेकपा एमाले भित्र नै संघर्ष गरेका नेताहरुलाइ उचित व्यवस्थापन गर्दे अघि लैजान सकियो भने नेकपा एमाले नवलपुरको भविष्य राम्रो नै देखिन्छ यसको उदाहरण हो नवलपुरको स्थानीय तहको निर्वाचन जसमा नेपाली कांग्रसका महामन्त्री शशांक कोइराला तथा गण्डकी प्रदेशका मुख्य मन्त्रि कृष्ण चन्द्र नेपालीको निर्वाचन क्षेत्रमै नेकपा एमाले बाट चुनाव लडेकाहरुले सहजै जित हासील गरेका थिए जसमा गैँडाकोट नगरपालीकाका नगर प्रमुखमा छत्रराज पौडेल देवचुली नगरपालिकामा नगर उपप्रमुखमा पार्वता तिवारीले विजय हात पारेका थिए भने थुप्रै वडाहरुमा नेकपा एमालेले जित्न सफल भएको थियो जसले अझैपनि नेकपा एमाले बलियो छ भन्ने कुराको प्रमाण दिन्छ ।
आगामी निर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टिको सरकार हुदाँ केपी शर्मा ओलिले गरेका कामहरु नेकपा एमालेले जनतासमक्ष राख्नेछन् जसमा चुच्चे नक्सा सार्वजनिक , बृद्घ भत्तामा बृद्घि , धरहरा तथा रानिपोखरीको पुनःनिर्माण , चिनिया राष्ट्रपतिको नेपाल भ्रमण , चिनसँग गरिएको पारावहान सम्झौता, कोरोना रोकथाम तथा खोपको व्यवस्था, रेल , धैवादी फलाम खानी बाट फलाम निकाल्न सकीने गरि भएको प्रदिवेन प्रस्तुत , सीके राउत तथा नेत्र विक्रम चन्द विप्लपलाइ मुलधारको राजनितिमा ल्याउन सफल , पेट्रोलिएम पाइपलाइनको विस्तार , लगाएतका कामहरु देखाउने छ । वर्तमान शेरबहादुर नेतृत्वको गठबन्धनको सरकारले गर्ने कामले ज्यादै ठुलो प्रभाव पार्दछ जसमा अहिलेको जल्दो बल्दो मुद्दाका रुपमा रहेको एम.सी.सी , बुटबल नारायणगढ सडकको अवस्था जस्ताकुराहरु कति हदसम्म सम्बोधन गर्दछ यसले पनि नवलपुरको चुनावमा ठुलो अर्थ राख्ने देखिन्छ ।
नवलपुर नेकपा एमालेको पकड भएको जिल्लाको रुपमा हेरिदै पनि आएको छ । अझैपनि नेतृत्व सच्चिएर अघि बढ्ने हो भने लामो समय देखी सुर्य चुनाव चिन्हमा भोट हालेका हातहरु डगमगाउने अवस्था रहेको भने देखिदैन । आगामी निर्वाचनमा स्थानिय , प्रदेश तथा संघिय तहको निर्वाचनमा नेकपा एमालेले ठुलो उपलब्धि हासील गर्न सक्ने कुरामा पनि नवलपुरका अन्य पार्टिका नेता तथा कार्यकर्ताहरु सजग रहेको देख्न सकिन्छ ।