
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ मा कांग्रेसको वडा अधिवेशनमा मतपत्रको बाकस नै फ्याकिए पनि निर्वाचन प्रक्रिया रोकिएको छ ।
वडा सभापतिका उमेद्वारहरुबीच भनाभन भएपछि झडपको स्थिति सिर्जना भएको थियो । कुटपिट र झडप नै नभए पनि मतपत्र खसाल्ने बाकस नै फ्याकिए पनि मतदान नै रोकिएको हो ।वडा सभापति, वडा उपसभापति तथा खुल्ला क्षेत्रीय प्रतिनिधिका लागि मतदान हुँदै गर्दा दुई समूह बीच झगडा भएको हो ।

वडा सभापतिमा शोभाकान्त लामिछाने र धन बहादुर गुरुंगको उम्मेदवारी परेको थियो । त्यस्तै वडा उपसभापति पदका लागि ३ जनाको उम्मेदवारी परेको थियो । जसमा २ जना मात्र छनौट हुने थिए । उपसभापति पदका लागि दुर्गा बहादुर रानाभाट, प्रकाशचन्द्र केसी र श्रीराम सुवेदीको उम्मेद्वारी परेको थियो ।
त्यसैगरी क्षेत्रीय प्रतिनिधिका लागि खस आर्य तर्फ १० पुरुषका लागि १९ जनाको उम्मेदवारी दर्ता भएर मतदान भईरहेको अवस्थामा विवाद भए पछि रद्द भएको हो ।
५५ मत खसेपछि सभापति पदका उम्मेदवारहरु बीच विवाद उत्पन्न हुँदा गुरुङ पक्षकाले मतदानको बाकस फालेपछि मतदान प्रक्रिया रद्द भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
सोमबार २१ गते हुप्सेकोट ३ मा सहमति जुट्न नसकेपछि मंगलबार २२ गते विहानबाट मतदान शुरु गरिएको थियो । हुप्सेकोटका अन्य वडामा भने सर्वसम्मत वडा अधिवेशन सकिएको छ ।