देवचुली । नेपालीले कांग्रेस देवचुली नगर पदाधिकारीकाे मतदान प्रकृया सम्पन्न भएकाे छ । देवचुली १३ दलदलेमा भएकाे मतदानमा प्रतक्ष तर्फ ३०४ मत खसेकाे छ भने २ जना समानुपातिक गरि जम्मा ३०६ मत खसेकाे हाे ।
संविधान सभा सदस्य महेन्द्रध्वज जिसि र सांसद विनाेद चाैधरीले समेत देवचुली मतदान केन्द्रबाट मतदान गरेका छन् ।
मतदानकाेलागि दुई बजेसम्मकाे समयसिमा ताेकिए पनि साे समय भन्दा अघि नै मतदान प्रकृया सम्पन्न भएकाे हाे ।
अबकाे केही समय पछि मतगणना प्रकृया शुरुहुने निर्वाचनन समितिले जानकारि दिएकाे छ।
निर्वाचनमा रविलाल सापकाेटा प्यानल र डिल्लीराम कडेरिया प्यानल चुनावी प्रतिस्पधामा उत्रिएकाे छ । नगर सदस्यहरु भने निर्वाचन हुँदै गर्दा सर्वसम्मत निर्वाचित भएका छन् ।