डि आर क्षेत्रि
कोभिड–१९ को कारण पर्यटकीय गतिविधि ठप्प रहेकाे चितवन राष्ट्रिय निकुञ्ज निषेधाज्ञा हटेसँगै पर्यटकिय गतिविधि बढ्न थालेकाे छ ।
हरेक वर्ष वर्षायाममा बाटाे तथा अन्य कारणले बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुला हुने गर्दछ । यस वर्ष भने कोभिडका कारण वैशाख देखि नै बन्द भएको थियाे ।
काेराेना भाईरसकाे संक्रमणदर घटेसँगै चाड पर्वलाई लक्षित गरेर पर्यटकिय गतिविधि खुला गरिएकाे हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जभित्र र बाहिरका सबै पर्यटकीय गतिविधि खुला गरिएको जानकारी दिनुभयो । निकुञ्जभित्रका बाटो मर्मत सकिएसँगै जीप सफारी सुरु गरिएको उहाँले बताउनुभयो । यससँगै निकुञ्जमा पैदलयात्रा हुने गर्दछ । निकुञ्जसँगै जोडिएका मध्यवर्ती सामुदायिक वनमा जीप र पैदलसँगै हात्ती सफारी पनि हुने गर्दछ ।
निकुञ्ज बाहिर रहेका नवलपुरमा शिसवार करिडाेर , नमुना सामुदायिक वन तथा अमलटारि क्षेत्र त्यस्तै चितवनमा कुमरोज, बाघमारा र चित्रसेन सामुदायिक वनभित्र पर्यटकिय गतिविधि सञ्चालनमा रहेका छन् ।
निकुञ्जका गतिविधि खुला भएसँगै पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । चाडपर्व सुरु भएकाले आन्तरिक पर्यटक क्रमशः बढ्दै गएको वताउनुहुन्छ शिसवार मध्यवर्ती उपभोक्ता समिति अन्तरगत रहेकाे पर्यटन विकास समितिका अध्यक्ष विन वहादुर जि एम , अध्यक्ष जि एमले एक पटक यश क्षेत्रकाे पर्यटकिय गतिविधिकाे अवलाेबनका लागि समेत आग्रह गर्नुभएको छ ।
यहाँ आउने पर्यटक मुख्यरूपमा जंगल सफारि , हात्ती सफारि जस्ता पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । मुख्यरूपमा एकसिङ्गे गैँडा, पाटेबाघलगायतका वन्यजन्तु, चराचुरुङ्गी, घडियाल गोही हेर्न पर्यटक यहाँ आउने गर्दछन् ।