• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

अझै खुल्न सकेन त्रिवेणी भन्सार

पावर संदेश
   १९ आश्विन २०७८, मंगलवार ०८:१४  मा प्रकाशित
  • 444 पटक पढिएको







  • पूर्वी नवलपरासी — भारततर्फको वाल्मीकि नगर भन्सार भारत सरकारले नखोलेका कारण त्रिवेणी भन्सार खुले पनि नाका ठप्प छ । वाल्मीकि नगर भन्सारले सोमबार बिहानबाट पैदल आउजाउ गर्न दिए पनि गाडी चल्न दिएको छैन । गाडी र सामान आउजाउमा रोक लगाइएकाले त्रिवेणी नाका ठप्प बनेको हो ।

    भारततर्फको भन्सार नखुलेका कारण समस्या भएको त्रिवेणी भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले बताए । नेपालबाट सामान र मान्छे पठाउँदा उता रोक्ने गरिएका कारण त्रिवेणी भन्सार मात्र खोल्नुको अर्थ नभएको उनको भनाइ छ । भारततिरको भन्सार नखुलेसम्म दुवैतिरका गतिविधि रोकिन्छन् । भारतको केन्द्र सरकारले वाल्मीकि नगर भन्सार खोल्ने परिपत्र नगरेका कारण समस्या थपिएको छ । वाल्मीक नगरका भारतीय सांसद (विधायक) सँग पनि नाका खोल्नेबारे पहल गर्न आफूले अनुरोध गरिसकेको उपाध्यायले जानकारी दिए ।

    गण्डकी प्रदेश र भारत जोड्ने एक मात्र त्रिवेणी नाका १८ महिनाअघिबाट सिल थियो । सरकारले तत्काल त्रिवेणी नाका खोल्न परिपत्र गरिसकेको छ । तर, भारततर्फको नाका सिल नै रहेका कारण सामान आयातनिर्यात हुन नसकेको हो । त्रिवेणी छोटी भन्सारलाई एक वर्षअघि सरकारले मूल भन्सारमा स्तरोन्नति गरेको हो । तर, नेपालतर्फ त्रिवेणीमा गोदाम र पार्किङ बनिनसकेका कारण यहाँबाट धेरै सामान आयातनिर्यात हुँदैन । साभार: कान्तिपुर



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑