• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 08, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

विपद् पीडित परिवारलाई सात लाख बढी रुपियाँ राहत वितरण

पावर संदेश
   २२ आश्विन २०७८, शुक्रबार २२:१६  मा प्रकाशित
  • 291 पटक पढिएको







  • ज्ञानु पंगेनी
    कावासोती, असोज २२ गते । पूर्वी नवलपरासीमा विपद्बाट प्रभावित परिवारलाई सात लाख ५५ हजार रुपिँया राहत रकम वितरण गरिएको छ ।

    हुप्सेकोट –४, माथिल्लो चारघरेका हस्तबहादुर पुलामीको परिवारलाई चार लाख रुपियाँ राहत प्रदान गरिएको हो । गत भदौ महिनामा आएको वर्षाले पहिरो जाँदा पुलामीको परिवारका तीन जना सदस्यको पहिरोमा पुरिएर मृत्यु भएको थियो ।

    यस्तै हुप्सेकोट, बौदीकाली र बुलिङ्गटार गाउँपालिकाका विभिन्न ठाउँमा विपद्बाट प्रभावित परिवारलाई क्षतीको विवरणअनुसार तीन लाख ५५ हजार रुपियाँ जिल्ला विपद् व्यवस्थापन कोषबाट राहत रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो ।

    अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसर पारेर शुक्रबार जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा प्रजिअ पंगेनी उक्त कुराको जानकारी गराउनुभयो । घरमा आशिंक क्षती पुगेको, खेतीबारी बगाएको लगायतमा क्षती पुगेको परिवारलाई जिल्ला विपद् व्यवस्थापन कोषको मापदण्डअनुसार राहत दिन नमिल्ने हुँदा त्यस्ता परिवारका लागि स्थानीय तहले कार्यबिधि बनाएर वा विपद् कोषबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    हुप्सेकोट – ५ वागखोरका १८ घरपरिवारलाई टहरो निर्माण गरेर व्यवस्थापन गर्ने कार्य थालनी गरेको जानकारी दिदै उहाँले जग्गाको विषयमा विभिन्न अवरोध आउँदा काम गर्न अप्ठेरो परेको बताउनुभयो । हुप्सेकोट – ४ माथिल्लो चारघरेका पहिरो प्रभावित परिवारलाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा शशस्त्र प्रहरी वल ३१ नं. गुल्मका प्रमुख बिरभद्रनाथले जिल्लामा विपद न्यूनिकरण र रोकथामका लागि जिल्लाबाट भएका प्रयासका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका कोषध्यक्ष ऋषी कंडेलले विपदका वेलामा रेडक्रसले हुप्सेकोटमा बस्ती स्थानान्तरणमा खटेको, बाढी पहिरो प्रभावितका लागि राहत सामग्री सहयोग गरेको जानकारी गराउनुभयो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑