बुटवल ।
रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर ४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्य भएका ४ मध्ये १ जनाकाे पहिचान खुलेकाे प्रहरीले जनाएको छ । घाइतेको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको थियो ।
औद्योगिक करिडोर क्षेत्रमा अतिक्रमण गर्न बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएका १५ जनामध्ये एकको मृत्यु भएको प्रहरीले जनाएको छ। झडपमा करिब ३ दर्जन हवाई फायर भएको स्थानीयले बताएका छन् ।
प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा घाइते भएका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।