भिम भुसाल, देवचुली ।
नवलपुरको देवचुली नगरपालिका १६ रजहरका १२ वर्षिय बालक कृष्ण वि.क. चितवनबाट बेपत्ता भएका छन् । ९ दिन अघि असोज २४ गते आमासँग जन्मोत्सव मनाउन चितवनको नारायणगढ गएका बालक असोज २५ गतेदेखि सम्पर्क विहिन भएका हुन् ।
“२५ गते साँझ ४ः३० बाट छोरो सम्पर्क विहिन भयो । आफन्ति, ईष्टमित्र सवैलाई सम्पर्क गरेका छौ तर फेला पार्न सकेनौ ।” बालककी आमा जमिला मियाले भन्नुभयो ।
ईलाका प्रहरी कार्यालय रजहरमा बालकका वुवा सिद्ध बहादुर विकले असोज २८ गते छोरा खोजिदिन निवेदन दर्ता गराएका छन् । बालकका वुवा सिद्ध बहादुर विकका अनुशार रातो टिसर्ट, निलो पेन्ट खुट्टामा चप्पल लगाएको अन्दाजी ४ फिट ६ ईन्चको अब्जल मिया (कृष्ण विक) नाम गरेको १२ वर्षिय बालक देखेमा नजिकको प्रहरी चौकि वा परिवारको फोन नम्बर ९८१९१५४७२१, ९८२५१६२१९९ मा सम्पर्क गरिदिन अनुरोध गर्नुभएको छ । सम्पर्क विहिन रहेका बालक कृष्ण विक देवचुली माध्यमीक विद्यालयमा कक्षा ७ मा अध्यनरत छन् ।