नवलपुर,मदन अर्लायाल । लायन्स क्लव अफ देवचुली दिव्यले कावासाेती-१२ स्थित लक्ष्मी नारायण बृद्ध आश्रमलाई सहयाेग हस्तान्तरण गरेकाे छ । जाडाे बढ्संगै आश्रममा बस्ने बृद्धबृद्धा, अशक्त तथा बालवालीकालाई लताकपडा तथा खाद्यान्न वितरण गरेकाे हाे ।
आईतवार विहान लक्ष्मी नारायण बृद्ध आश्रममा पुगी ब्लाङ्केट, चामल, दाल, तेल र नुन आश्रमलाई हस्तान्तरण गरेकाे छ ।
हस्तान्तरण कार्यकममा क्लवका अध्यक्ष निरज सापकाेटा, प्रथम उपाध्यक्ष चाेकनारायण काफ्ले लगाएत संस्थाका सदस्यहरुकाे उपस्थिति थियाे ।
क्लवले गरेकाे सहयाेगबाट केही हदसम्म भएपनि राहत महसुस भएकाे आश्रमका अध्यक्ष दिपक साेतीले बताउनु भयाे । त्यस्तै आश्रमलाई सहयाेग गरेकाेमा अध्यक्ष साेतीले धन्यवाद व्यत्त गर्नु भएकाे थियाे ।
सहयाेग हस्तान्तरण पश्चात संस्थाका सदस्यहरु तथा अश्रममा बस्ने बृद्धहरुले केही वेर भजन कृतन गरेका थिए ।
कार्यक्रममा आश्रमका अध्यक्ष साेतीले कविता पनि वाचन गर्नु भएकाे थियाे । स्मरण रहाेस साेती म्याउ म्याउ विरालाे बाल कविताकाे रचनाकार गर्नु भएकाे थियाे भने साहित्यक क्षेत्रमा उहाँकाे याेगदान अतुलनीय छ ।