बिबेक भण्डारी ।
विद्यालयले बालबालिका ओसार्न प्रयोग गर्ने पहेला बसका चालकलाई कति गतिमा बस हाक्ने भन्ने जानकारी नै छैन । जिल्लामा रहेका विद्यालय संगै छिमेकी जिल्ला चितवन र रुपन्देहीका विद्यालयमा विद्यार्थिहरु ओसार्न प्रयोग गर्ने बसका चालकलाई विद्यालय बसको मापडण्डबारे जानकारी नहुदा चालकहरुले आफू खुशी सवाहरी हाक्दा विद्यालयका साना बालबालिका संगै क्याम्पसका विद्यार्थि बोक्ने सवारी दुर्घटना हुने जोखिम बढेको छ । यसो त नेपाल सरकारले विद्यालयले हाक्ने पहेला सवारीमा चालिस भन्दा बढि स्पीडमा बस हाक्ने अनुमती दिएको हुदैन तर बस हाक्ने चालक र स्वँयम विद्यालयलाई नै निश्चीत गतिबारे जानकारी नहुदा आफु खुशी बस हाक्ने गरेका छन । जिल्ला शिक्षा समन्वय समिति नवलपुरका अनुसार जिल्लामा ३ सय १४ सामुदायिक र ९३ निजी विद्यालयहरु संञ्चालनमा रहेका छन । शिक्षा समन्वय समितिले हाल सम्म १६ वटा पहेला बस सिफारी गरेका सवारी छन । यस्तै जिल्लाका सामुदायिक विद्यालयमा सिफारीस बाहेकका २६ वटा पहेला बसले विद्यार्थि ओसार्ने गरेको तथ्याङ छ । विद्यालयले विद्यालयको भौतिक विकासमा मात्र ध्यान दिदाँ आफ्नो विद्यालयले हाक्ने सवारी बारे खाँसै ध्यान दिएको पाइदैन । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार विद्यालय र यसबारे अनुगमन गर्ने जिम्मा पालिकाहरुलाई रहेको हुदा पालिकाले अनुगमन गरे पनि सावारीको विषयमा भने ध्यान नदिएको जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्णचन्द्र पोख्रेलका अनुसार जिल्लाका विद्यालयमा रहेका पहेला बसहरु सामान्य मापडण्ड पनि अपनाउन नसकेको र यसको अनुगमनमा आफुहरु लाग्ने बताउनुभयो ।
विद्यालयमा सिमित बस र विद्यार्थिहरुलाई समयमा घर पुर्याउन पर्दा विद्यालयका बसहरुको गति बढि नै हुने गरेको देखिन्छ । तर विद्यालयका प्रधानाध्यापकहरुले भने आफुहरुले चालकलाई यति सम्म सवारी हाक्ने भन्ने बारे जानकारी गराउने गरेको बताउनछन ।
एउटा विद्यालयको बस अथवा पहेलो रंग लगाइएका बसमा सिटमा मात्र विद्यार्थिहरु राख्न पाइन्छ तर विद्यालयहरुले यो मापडण्ड पनि पुरा गरेका छैनन् । यसो त विद्यालयले प्रयोग गर्ने पहेला बसमा बसको क्षमता हेरी २० देखि २५ जना विद्यार्थिहरु राख्न मिल्ने व्यवस्था छ तर एकै पटकमा धेरै विद्यार्थिहरु ओसार्ने होडका कारण साना विद्यार्थिहरुलाई समस्या हुने देखिन्छ । विद्यालयका पहेला बसमा ४० स्पिड भन्दा बढि हाक्नै पाइदैन यो जानकारी न चालकलाई छ न विद्यालयलाई न अभिभावकलाई नै हरेक विद्यालयका बसमा “चालिस भन्दा बढि स्पिडमा हाकेको देखेमा विद्यालयको नम्बरमा सम्पर्क गर्नुस” भनेर कुनै विद्यालयहरुले आफ्ना पहेला बसमा उल्लेख गरेका छैनन । हामिले भन्ने खोजेको केहो भने पहेला बसमा विशेष गरेर बालबालिकाहरु चढ्ने गर्दछन । यदि चालिस स्पिड भन्दा बढि कुदेको लागेमा सिधै विद्यालयलाई अभिभावकले जानकारी गराउन पाउने थिए र विद्यालयको बस दुर्घटना हुन बाट जोगिने थियो ।
विद्यालय प्रशासनले विद्यालयको भौतिक विकासमा मात्र ध्यान पुर्याउदा यस्ता गम्भीर प्रकृतीका विषयमा भने ध्यान पुर्याउन सकिरहेका छैनन् । अहिले सम्म यो विषयमा न त जिल्ला शिक्षा समन्वय इकाइ समितिको ध्यान जान सकेको छ , नत विद्यालयको । यति मात्र गर्ने हो भने साना बालबालिका ओसार्ने विद्यालयका बस सुरक्षित र सर्तक हुने थिए ।