खगराज सापकोटा
कावासोती—नवदुर्गा आधारभुत बिद्यालय कावासोती २ भाटटोलामा गएराती तोडफोड भएको छ । बिद्यालयको पुस्तकालय कक्षमा प्रवेश गरेर पुस्तक च्यातेर फाल्ने र डेस्क बेन्च तोडफोड भएको विद्यालयका प्रधानाध्यापक टिकाराम डुम्रेले बताउनुभयो । चोरी गर्ने उदेश्यले विद्यालयमा प्रवेश गरेको तर कम्प्युटर तथा अन्य सामग्री रहेको कक्षमा प्रवेश गर्न नसकेपछि पुस्तकालय तोडफोड गरेको हुन सक्ने अनुमान गरीएको छ । तोडफोडमा सम्लग्नलाई तत्काल खोनबिन गरेर कारबार्ही गर्न प्रधानध्यापक डुम्रेले प्रहरी प्रशासन समक्ष माग गर्नुभएको छ । यसअघि कार्तिक ११ गते कावासोती ३ को जिवन ज्योती माध्यमिक बिद्यालयमा पनि चोरी भएको थियो । सिसिटिभी फुटेजमा चोरीमा सम्लग्न ब्यक्ति देखिएपनि अहिले सम्म प्रहरीले नियन्त्रणमा लिन सकेको छैन् । चाडपर्व नजिकिए संगै सार्वजनिक सस्था र ब्यक्तिका घरमा चोरी निकासी बढेको भन्दै प्रहरी प्रशासनले गस्ति बढाउनुपर्ने स्थानीयले माग गरेका छन् ।