मदन अर्याल, नवलपुर । चाैधरी उद्योगग्राम सिजिबाट निस्कने प्रदुषण नियन्त्रण तथा व्यवस्थापनकाे माग गर्दै स्थानिय आन्दाेलित बनेका छन् । उद्योगबाट निष्कने धुवा, धुलाे तथा ढल ब्यवस्थापन नहुँदा प्रदुषण बढेकाे र यसबाट स्थानियकाे स्वास्थ्यमा गम्भीर असर गरेकाे भन्दै सिजि गेटमा ताला लगाएर आन्दाेलन गरेका हुन् ।
प्रदुषण नियन्त्रण र व्यवस्थावनकाेलागि बारम्बार आग्रह गरेपनि कुनै सुनुवाई नभएपछि बाध्य भएर आन्दाेलनमा उत्रनु परेकाे स्थानियले जानकारी दिएका छन् । आफ्नाे माग सुनुवाई नभए सम्म गेटकाे ताला नखाेलिने पनि स्थानियले बताएका छन् ।
उद्योगमा बालिने आगाे बाट निष्कने धुवाले श्वास फेर्न समेत गाह्राे भएकाे र उद्योगबाट निष्कने फाेहाेर तथा ढलकाे दुर्गन्धले गर्दा नाक समातेर हिन्नु पर्ने सम्मकाे अवस्था रहेकाे छ ।
स्थानिय निकायले समेत न्युनतम वातावरणीय मापदण्ड पालना गरि उद्योग संचालन गर्न निर्देश गरेपनि स्थानिय निकायकाे निर्देशनलाई अवज्ञा गर्दै नागरिककाे स्वास्थ्यमा असर पर्ने गरि उद्योग संचालन भईरहेकाे छ ।
प्रदुषणबाट नागरिककाे स्वास्थ्यमा गम्भीर असर परेकाे र स्वस्थ पूर्वक वाच्न पाउने अधिकार नै हनन् भएकाे भन्दै स्थानियले आन्दाेलन गरेका हुन् । स्थानियले प्रदुषण व्यवस्थापन तथा नियन्त्रण नगरेसम्म कारखाना संचालन हुन नदिने अडान लिएका छन् । तालाबन्दी गरेको वारेमा जानकारी लिन खोज्दा कारखाना ब्यबस्थापन भने सम्पर्कमा आउन चाहेन ।