नवलपुर । पूर्वी नवलपरासीबाट नेकपा एमालेको महाधिवेशनका लागि २० जना महाधिवेशन प्रतिनिधि छनौट भएका छन् ।
नेकपा एमाले नवलपुरका जिल्ला सचिव जीवन श्रेष्ठका अनुसार क्षेत्र नं. १ बाट खुल्लातर्फ ७ जना र महिला तर्फ ३ जना गरी १० जना प्रतिनिधि छनौट भएका हुन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नंं. २ बाट खुल्लातर्फबाट ६ जना महिलाबाट २ जना गरी ८ जना र जिल्लाबाट दलित महिला १ र दलित १ गरी २ जना छनौट भएका हुन् ।
श्रेष्ठका अनुसार नवलपुरमा क्षेत्रीय प्रतिनिधि सर्वसम्मत छनौट गरिएको हो । निर्वाचन समितिका संयोजक गणेश सापकोटाका अनुसार क्षेत्र नं. १ को खुल्लाबाट छत्र पौडेल, कृष्णप्रसाद पौडेल, दिपक अधिकारी, मुक्तिराम पाण्डे, कृष्णप्रसाद घिमिरे, हरिप्रसाद न्यौपानेप र रोशनबहादुर गाहा महाधिवेशन प्रतिनिधि छनौट भएका हुन् ।
त्यसैगरी क्षेत्र नं. १ मा महिलाबाट रेखा कंडेल, सीता खड्का र पार्वती तिवारी छनौट भएका छन् ।
त्यसैगरी क्षेत्र नं. २ बाट खुल्लाबाट श्याम सुन्दर श्रेष्ठ, इन्द्रबहादुर पौडेल क्षेत्री, मेघराज पाण्डे, मझिलाल थारु थने, जीवन श्रेष्ठ, श्याम थापा बाह्रघरे महिलाबाट पद्मा जिसी श्रेष्ठ, चन्द्रकुमारी पुन छनौट भएका छन् ।
त्यसैगरी दलितबाट सुनिता गहतराज सुनार र बाबुराम विश्वकर्मा छनौट भएका छन् । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गते चितवनमा हुँदै छ ।