नवलपुर ।
नेत्र विप्लप चन्दले नेतृत्व गरेको नेकपा ले आह्वान गरेको बन्दको असर नवलपुरमा समेत परेको छ । नवलपुर प्रहरीले बन्द कर्ता पक्राउ गरेका छन । मध्यविन्दु नगरपालिकाको चोरमारामा बन्द गराउदै हिडेका २ जनालाई प्रहरीले पक्राउ गरी सवारी साधन आवत जावत बनाएका छन । नेकपा श्रोतका अनुसार पक्रउ पर्नेमा धन बहादुर कुमाल र बिर बहादुर थापा रहेका छन पक्राउ परेका दुबै जना जिल्ला स्तरीय नेता रहेका छन । मुल्यबृद्धिको विरोधमा नेकपा विप्लपले आज नेपाल बन्द आह्वान गरेको थियो ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहानैदेखि यात्रुले सास्ती पाएका छन् ।