नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले करिब १ लाख नगद सहित तास खेलिरहेका ५ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार देवचुली नगरपालिका १२ गैडी निवासी होमराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थमा नगद ९७ हजार ३ सय १० रुपैयाँ सहित ५ जनालाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले २ बुक तास पनि बरामद गरेको जनाएको छ ।
प्रहरीले नवलपरासी (पूर्व) देवचुली नगरपालिका १२ बस्ने वर्ष ५२ को चित्र बहादुर काफ्ले, वर्ष ३५ को होमराज गिरी, वर्ष ३३को कृष्णबहादुर तामाङ, वर्ष ३९ को पदम बहादुर महतो र वर्ष ४३ को हरी बहादुर बाचेलाई पक्राउ गरेको हो ।
पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।