मदन अर्याल, नवलपुर । करिव ५ सय ८० बर्ष पछिकाे ठूलाे चन्द्र गह्रणकाे अवसर पारेर देवचुली पर्वत समाजकाे आयाेजनामा “विश्व शान्तिमा समर्पित ध्यान याेग” कार्यक्रम गरिएकाे छ । शुक्रवार देवचुली नगरपालिका वडा नं १२, जनवस्तीमा स्थित कालिका आश्रम परिषरमा ध्यान याेग गरिएकाे हाे ।
दिउँसाे १ः०० बजेबाट शुरु गरिएकाे ध्यान याेग ४ः०० बजे सम्म गरिएकाे थियाे । करीव ३ घण्टा कालिका आश्रम नजिकै रहेकाे बहुला खाेलामा देवचुली पर्वत समाजका अध्यक्ष चाेकनारायण काफ्ले सहित २ जना पुराेहितले ध्यान याेग गरेका थिए ।
हाल भईरहेकाे प्राकृतिक विपति तथा महामारीबाट विश्व समुदायलाई छुटकारा मिलाेस र विश्व भरि नै शान्ति, अमनचयन कायम हाेस भन्ने मुल मन्त्रका साथ ध्यान याेग गरिएकाे संस्थाका अध्यक्ष काफ्लेले जानकारी दिनु भयाे ।
त्यस्तै कार्यक्रममा गण्डकी प्रदेस मुख्यमन्त्रीका स्वकिय सचिव विष्णु प्रसाद भुसाल, देवचुली पर्वत समाजका संस्थापक अध्यक्ष चाेकनारायण भुसाल लगाएतकाे उपस्थिती रहेकाे थियाे ।