काठमाडाैं । शनिबारदेखि नेकपा माओवादी केन्द्रको वडा अधिवेशन सुरु हुँदै छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालमा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख विष्णु पुकार श्रेष्ठले वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको छ ।
श्रेष्ठका अनुसार निर्वाचनका लागि देशभरिका ६ हजार ७ सय ४३ वडा, ७ सय ५३ पालिका र ७ वटै प्रदेशमा निर्वाचन समितिहरु गठन गरिएको छ । निर्वाचन आयोगले प्रदेशमा ७, पालिकामा ५ र वडामा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको जनाएको छ । माओवादी केन्द्रले मंसिर ११ गते पालिका र मंसिर २५ गते सातै वटै प्रदेशमा नेतृत्व चयन गर्ने कार्यतालिका बनाएको छ ।
यता देवचुली नगरपालिकामा पनि माओवादी केन्द्रको वडा अधिवेशन हुनेछन् । देवचुलीकाे वडा नं. १, २, ४, ७, ८, १०, ११, १२, १४, १५, १६, १७ भाेलि हुनेछ भने वडा नं ९ काे ५ गते वडा नं १३ काे ९ गते हुने भएकाे छ । त्यस्तै वडा नं ३ र ५ काे तयारी पूरा नभएकाले वडा अधिवेसन तय नभएकाे जिल्ला समन्वय समिति सदस्य सत्यनारायण भुषालले जानकारी दिनु भएकाे छ । भुसालका अनुसार भाेलि विहान १० बजेदेखि वडा अधिवशेन हुनेछन् ।