देवचुली ,
आज देवचुली सहित देशै भरि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको नगर अधिवसन हुने भएको छ । देशै भरि एकैसाथ नगर अधिवेशनलाई भर्चुअल माध्यमबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
देवचुलीको आज हुने नगर अधिवेशनको सम्पूर्ण तयारि पुरा भएको नेकपा माओवादी केन्द्रले जानकारी दिएको छ ।
अधिवेशन देवचुली १३, दलदले स्थीत साहारा पार्टी प्यालेसमा ११ बजे देखि सुरु हुने छ । कार्यक्रममा प्रदेश कमिटि सदस्य एवं नगर इन्चार्ज बालकृष्ण रानाभाट प्र्रमुख अतिथि रहने माओवादी केन्द्र देवचुलीले जनाएको छ ।