• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

काँग्रेसको गण्डकी अधिबेशनमा नवलपुरबाट १५ जना उम्मेदवार

पावर संदेश
   १७ मंसिर २०७८, शुक्रबार १९:०२  मा प्रकाशित
  • 708 पटक पढिएको







  • खगेन्द्र पराजुली,
    नवलपुर, मंसीर १७ । संघीयतापछिको पार्टी संगठनको परिवर्तित ढाँचा अनुसार पहिलो पटक नेपाली काँग्रेसले प्रदेश अधिबेशन गर्दैछ । ७ प्रदेशमध्ये गण्डकी प्रदेशमा पनि प्रदेश अधिबेशनमार्फत गण्डकी प्रदेश कार्य समिति बन्दैछ । गण्डकीका ११ जिल्लामध्ये नवलपुरबाट प्रदेश कार्य समितिमा नेतृत्व गर्न करीव १ दर्जन महाधिबेशन प्रतिनिधि आकांक्षी देखिएका छन् ।

    नवलपुरबाट महामन्त्री, सहमहामन्त्री लगायत खुल्ला तथा विधागत सदस्यमा उम्मेदवारले आकांक्षा जनाएका हुन् । विषेशगरी सामाजिक सञ्जालको प्रयोग गर्दै आकांक्षीले उम्मेदवारी घोषणा गर्दै आफूलाई सघाउन अपिल गरेका छन् ।

    प्रदेश कार्य समितिमा आकांक्षा राख्नेमा संसदीय पद धारण गरेका प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा पार्टीमा लामो समयदेखि योगदान पुर्याईरहेका तर कुनै पनि पद धारण नगरेकासम्म छन् ।

    नवलपुरबाट पार्टीका जिल्ला सभापति, प्रदेश सांसद एवं विधायन समितिका सभापति समेत रहेका बिष्णुप्रसाद लामिछानेले प्रदेश महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन् । यस्तै सह–महामन्त्रीमा गैंडाकोटका गणेश सापकोटाले आफ्नो उम्मेदवारी रहने जनाएका छन् । महिलातर्फ सह–महामन्त्रीमै प्रदेश सांसद ओमकला गौतमको दावी छ ।

    गण्डकी प्रदेश कार्य समितिको सदस्यमा अशोक बस्ताकोटी, बाबुराम कंडेल, बिष्णुकुमारी कंडेल, ओमकुमारी महतो, सीता कुँवर, सुरज गुरुङ र ईन्द्रबहादुर महतोले उम्मेदवारी दिने जनाएका छन् ।

    सदस्यका आकांक्षी विष्णुकुमारी कंडेल गैंडाकोट नगरपालिकाकी उपमेयर हुन् भने ओमकुमारी महतो मध्यविन्दु नगरपालिकाकी उपमेयर हुन् ।

    महतो खुल्ला महिलातर्फबाट उम्मेदवार बन्ने सुरमा छन् अर्का आकांक्षी सीता कुँवर महिला कोटाबाट प्रदेश सदस्य बन्न चाहन्छिन् ।
    सुरज गुरुङले जनजातितर्फबाट सदस्य पदमा आकांक्षा राखेका छन् भने ईन्द्रबहादुर महतोले थारुतर्फबाट सदस्यका लागि दावी गर्ने भएका छन् ।

    यसअघि गण्डकी प्रदेश सभापतिमा उम्मेदवार बन्ने घोषणा गरिसकेका जिल्लाका प्रभावशाली नेता महेन्द्रध्वज जिसीलाई भने पौडेल समूहले “ब्याक” गराएको छ ।

    देउवा समूहबाट पर्वतका अर्जुनप्रसाद जोसीलाई एकल उम्मेदवारका रुपमा ल्याएपछि पौडेल समूहको बैठकले शुक्रराज शर्मालाई उम्मेदवार बनाउने सहमति भएपछि जिसी सहित अन्य ५ जना सभापतिका आकांक्षीलाई पौडेल समूहले ब्याक गराएको हो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑