
सातजना युवाहरुले सन्चालनमा ल्याएको चितवनको पानीपुरी अड्डा आज देखि काठमाडौमा सन्चालनमा आएको छ।भरतपुरको सप्तगणडकी चोकमा रहेको अडडा काठमाडौको शन्खमुलमा पनि सन्चालनमा ल्याइएको हो।चितवनमा ग्राहकबाट राम्रो प्रतिक्रिया आएकाले आफुहरु लामो प्रयास पछि अडडा लाई शन्खमुलमा स्थापित गर्न सफल रहेको सातजना युवा मध्यका एक युवाले हामिलाइ बताए।आजदेखी शुरु भएको ओपनिङ ४ दिन सम्म चल्ने उनले बताए।मङ्सिर २८ गते सम्म हुने ओपनिङमा आउने ग्राहकलाइ अडाका टेस्टमा भारी छुट हुने उनको भनाइ थियो।
पानीपुरी अडडा नेपालकै पहिलो पानीपुरी ब्रान्ड :तिवारी
यस्तै पानीपुरी अडडाका निर्देशक सौगात तिवारिले पानीपुरी अडा नेपालकै पहिलो पानीपुरी ब्रान्ड भएको बताए। चटपट पानीपुरी मान्छेले फास्ट फुडको पहिलो रोजाइमा पारेकाले आफुहरुको काठमाडौमा व्यापार राम्रो हुने अपेक्षा गरिएको तिवारिले बताए।

अहिले चितवनमा र काठमाडौमा, अब केही महिनापछी देशभर आउटलेट खोल्छौ:घिमिरे
आफुहरुले हाइजेनिक तरिकाले सरसफाइलाइ ध्यान दिएर पानीपुरी दिएकाले ग्राहकको मन जित्न सफल भएको पानीपुरी अडडाका सिइयो प्रतीक घिमिरेले बताए। उनले भने,” चितवनबासीलाई पानीपुरी चखायौ ,अब काठमाडौबासिको पालो , काठमाडौ सङै अहिले ६ वटा आउटलेट खोल्ने तयारि गरिरहेका छौ,अब जहाँ गएनी हाम्रै पानीपुरी”।घिमिरेका अनुसार मङ्सिर २४ अर्थात आजबाट औपचारिक रुपमा शंखमुलमा आउटलेट खुलेको छ ।त्येसको छ महिना पछि देशका मुख्य मुख्य शहरहरुमा आउटलेट खुल्ने घिमिरेको भनाइ छ।
२३ बर्सिय तिवारी इन्जिनियर पढदै गरेका छ्न भने घिमिरे बिबिएका विद्यार्थी हुन। दुबैले अध्यन सङसङै बिजनेशलाइ पनि अगाडि बढाइरहेका छ्न ।युवायुवतिको रोजाइमा पर्न सफल पानीपुरी अडडामा भेराइटिका पानीपुरी,चटपट ,पिज्जा,सान्डविच,मम आदि पाइन्छ।