नवलपुरकाे देवचुली-९ मा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । जन जागृत युवा क्लबकाे आयाेजना तेस्रो महिला तथा २७औँ पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएकाे हाे । क्लवले शनिवार पत्रकार सम्मेलनको अयोजना गरि यहि पौष १० गतेबाट भलिवल प्रतियोगिता गर्ने जानकारी दिएकाे छ । त्यस्तै करीव एक हप्ता अर्थात १७ गते सम्म प्रतियोगिता संञ्चालन हुने क्लवले वताएकाे छ ।
क्लबका अध्यक्ष विरेन्द्रराज काफ्लेका अनुसार देवचुली-९ मा २०४९ साल देखि नै भलिवल प्रतियोगिता संचालन भएकाे र त्यसकाे निरन्तरता स्वरुप याे वर्ष भने केही नयाँढाचा बाट आयाेजना हुने वताउनु भएकाे छ । उहाँले देवचुली- को पर्यटन प्रबद्धन , युवा तथा महिलाहरुको सशक्तिकरण गर्न, खेलकुदमा अभिप्रेरित गर्ने लगायत उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार घुमाउरी पिकनिक स्पोर्टको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा महिला १६ टिम र पुरुष १६ टिम सहभागि हुने अनुमान गरेको छ ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम टिमलाई १ लाख ११ हजार , द्धितीय टिमलाई ६१ हजार, तृतीयलाई ३१ हजार रुपैयाको पुरस्कार राशी रहेको जनाइएको छ । यस्तै महिला तर्फ प्रथम हुने टिमलाई २० हजार, द्धितीयलाई १५ हजार र तृतीयलाई १० हजार पुरस्कार रहेको जनाइएको छ ।