देवचुली । अमर सामुदायिक बन उपभोक्ता समूहकाे निर्वाचित तालिका सार्वजनिक भएकाे छ । देवचुली ३,५ र १२ समेटिएकाे सामुदायीक वनको निर्वाचन कार्यतालिका आज प्रकाशन भएकाे हाे ।
निर्वाचन संयोजक युवराज वाग्लेले दिनु भएकाे जानकारी अनुसार पौष ६ गते दिउसाे साढे ३ बजे मतदाता नामावली प्रकाशन गरिने छ ।
वाग्लेका अनुसार पौष ७ गते दिउसो १ बजेबाट मतदाता नामावली उपर दावी बिरोधको समय ताेकिएकाे छ ।भने २ बजे मतदाताको अन्तिम नामावाली प्रकाशन, टोल प्रतिनिधिको नामावली प्रकाशन गरिनेछ भने ८ गते दिनको १ बजे सम्ममा टोल प्रतिनिधिको नामावली उपर दावी बिरोधको समय ताेकिएकाे छ।
पाैष ८ गते नै टोल प्रतिनिधिको अन्तिम नामावली समेत प्रकाशन गरिनेछ । नयाँ प्रकाशित तालिका अनुसार पौष ९ गते बिहान १० बजे देखि दिउसो २ बजेसम्म उम्मेद्वार मनोनयन दर्ता र ३ बजे उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ।
पौष १३ गते दिनको ३ बजे उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने निर्वाचन संयोजक पोख्रेलले बताएका छन् ।
पाेख्रेलका अनुसार पाैष १७ गते विहान ९ बजे देखि ४ बजे सम्म मतदान प्रकृया संचालन गरिने छ । अमर सामुदायिक बनमन करीव १ हजार ३ सय ४७ मतदाता रहेका छन् । मतदानमा सहभागि हुन निवार्चन आयाेगले सम्पूर्ण मतदाताहरु लाई आग्रह गरेकाे छ ।