• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 08, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

त्रिवेणीमा मेला भर्नेको घुइँचो

पावर संदेश
   १८ माघ २०७८, मंगलवार ११:०२  मा प्रकाशित
  • 195 पटक पढिएको







  • नवलपुर ।
    माघे औंसीका अवसरमा नेपाल र भारतका हजारौं भक्तजन त्रिवेणीधामा आइपुगेका छन् । माघे औंसीको अघिल्लो दिन सोमबारबाटै यहाँ मेला लागेको थियो । भारतको बिहार, उत्तरप्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजनहरु यहाँ स्नान गर्न र पूजापाठ गर्न आएका छन् । कोरोना महामारीको बेवास्ता गर्दै भक्तजनहरु त्रिवेणीधामका दर्जनौं मठमन्दिरमा रातभर भजनकीर्तन गरेर रात कटाएका छन् ।
    यहाँका मठमन्दिरमा मंगलबार बिहानैदेखि पूजापाठ र भजनकीर्तन गर्नेको घुइँचो लागेको छ । प्रशासनले मेला लाग्न नदिन उर्दी जारी गरेपनि भक्तजनहरु यहाँ ओइरिएका हुन् ।

    त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिव्यधाममा स्वामी कृष्ण प्रपन्नाचार्यका अनुसार आज माघे औंसीमा त्रिवेणीधाममा स्नान गर्न देवताहरुसमेत आउने जनविश्वास रहेकाले यो औंसीमा यहाँ स्नान गर्नाले पुण्य मिल्ने परापूर्वकालदेखिको विश्वास रहेको छ । त्रिवेणीधाम बजारबाट दुई किलोमिटर उत्तरमा रहेको गजेन्द्र मोक्षदिव्यधाममा दर्शनार्थीको घुइँचो लागेको छ । यो यहाँको सबैभन्दा ठूलो मन्दिर हो ।
    स्वर्णभद्रा, पुर्णभद्रा र नारायणी नदीको संगमस्थल त्रिवेणीधाम भएकाले र महिनाहरुमा माघ श्रेष्ठ महिना भएका कारण औंसीका अवसरमा बाबुआमा नहुनेले यहाँ श्राद्ध गर्ने र दान दिने चलन रहेको छ ।

    गजेन्द्रमोक्षधामका स्वामी कृष्णप्रपन्नाचार्यका अनुसार त्रिवेणीधाम वाल्मीकी ऋषिको तपोभूमि, लवकुशको जन्मस्थल, सीतामाता धर्तीमा पाताल प्रवेश गरेको स्थल भएकाले यो स्थान प्रागऐतिहासिक स्थल हो । रामायणको रचना गरेको स्थल पनि त्रिवेणीधाम हो । यसैले त्रिवेणीधामको ठूलो महत्त्व छ ।

    भगवान् मुक्तिनाथको चरणपादुका स्थल पनि भएकाले यसको धार्मिक महत्त्व रहेको छ । हात्ती र गोहीको लडाइँमा भगवान् नारायणले अवतार लिएको स्थान गजेन्द्रमोक्ष धाम हो । नारायणी नदीमा बिहानैदेखि यहाँ भक्तजनहरुको घुइँचो लागेको छ । त्रिवेणीका भित्रि सडकहरुमा समेत मेला लागेको छ ।

    औंसीमा नारायणी नदीमा स्नान गरेर गौदान, तिलदान ,गुणदान गर्नाले विशेष पुन्य मिल्ने विश्वासमा यहाँ भक्तजनहरु आउने गर्दछन् ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑