नवलपुर ।
नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) नवलपुरले एम सिसि खारेजी सहित ६ बुँदे माग राख्दै
प्रमुख जिल्ला अधिकारी, नवलपरासी पूर्व मार्फत् प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी विद्यार्थि संगठनले विद्यार्थीको सहुलिएत र सरकारले निषेध गरेको समयमा विभिन्न राजनैतिक पार्टिले संचालन गरेका विभिन्न गतिवधीका विरुद्ध ध्यानाकर्षण गराएको छ ।
ज्ञापन पत्रमा खोप कार्ड लिएर भौतिक उपस्थितिमा पढ्न पाउनु पर्ने, खोपमा सबै विद्यार्थीको पहुँच हुनुपर्ने, विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा ४५% छुट हुनुपर्ने, जिल्ला प्रशासनद्वारा विभिन्न भेला, सभा, जुलुस निकाल्न रोक लगाएकोमा विभिन्न दलले अवज्ञा गरेकोमा कारवाही गर्नुपर्ने र एमसिसिलाई खारेज गर्नु पर्ने माग गरिएको छ । जिल्ला अध्यक्ष आशिष आचार्य र जिल्ला सचिव प्रविन रानाभाटद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीलाई बिहिबार बुझाईएको हो ।