
नवलपुर । YCL (नेपाल) देवचुलीका उपाध्यक्ष चेतनारायण शर्माले राजिनामा दिएका छन् । आफ्नाे व्यतिगत व्यस्तताकाे कारण देखाउदै शर्माले उपाध्यक्ष पदवाट राजिनामा दिएकाे हुन ।
YCLनेपाल देवचुली नगर कमिटीका अध्यक्षलाई सम्बोधन गरि लेखिएको राजीनामा पत्रमा आफू भन्दा योग्य, क्षमतावान, वैचारिक रूपमा संगठन लाई चलायमान गराउन सक्ने सदस्यहरुलाई पार्टीको नेतृत्व दिनका लागि समेत उनले अनुरोध गरेका छन।
शर्माले आफ्नो राजीनामा पत्रमा गौरवशाली इतिहास बोकेको रक्त क्रान्तिको जराबाट उदयमान संगठनका सम्पुर्ण सहयोद्धा YCL का कमरेडहरु, सम्पुर्ण जिल्ला पार्टी नेतृत्व लगायत देवचुली नगर अध्यक्ष र विशेष गरि YCL नवलपुर युवा विभाग प्रमुख (बलराम घर्ती)पवन , पुर्ब संयोजक चन्द्र रानाभाट र नगर पार्टीका इन्चार्ज क. साहस सहित सम्पूर्ण अग्रज नेतृत्व प्रती आभार व्यक्त गरेका छन ।

शर्मा २०७८ बैशाख ४ गतेबाट YCLनेपाल देवचुली नगर कमिटीका उपाध्यक्ष भएका थिए ।