भिम भुसाल, देवचुली ।
पूर्वि नवलपरासीको देवचुली नगरपालिकामा खेतियोग्य जमिन निमार्ण सम्बन्धि कार्यविधि संशोधन गर्न माग गरिएको छ । आज (मंगलबार) देवचुली ट्याक्टर समिति र हेभी एक्युपमेन्ट संचालक समितिले लिखित ध्यानाकर्षण सहित नगरभित्रका स्थानिय तथा ब्यवसायिलाई मर्कामा पार्ने गरि बनाईएको कार्यविधि संसोधनको माग गरेको हो ।
खेतियोग्य जमिन सम्याउन प्रयोग हुने जेसिबी, ट्याक्टर संचालन गर्न सहजिकरण गर्नुपर्ने, मापदण्डको हकमा एक मिटर कायम रहेकोमा जग्गा धनिको आवश्यकता र जमिनको अवस्थालाई हेरि सम्याउन पाउनुपर्ने लगाएतका माग सहित समितिले नगरपालिकामा ध्यानाकर्षण गराएको छ । रोयल्टी कम गर्नुपर्ने पटके जरिवाना खारेज गर्नुपर्ने, ब्यवसायिले गल्ति गरेबापत बुझाउनुपर्ने ५ हजार रकमलाई २ हजार बनाउनुपर्ने, स्थानिय सरकार हुँदाहुँदै बोधार्थ हुनेगरि प्रहरिलाई दिदा अनावश्यक तनाव दिएकाले सधियारको उजुरीको आधारमा मात्रै अनुगमन गर्नुपर्ने माग ब्यवसायिको रहेको छ ।
पछिल्लो एक सातामा देवचुली नगरपालिकामा ट्याक्टर समिति र हेभी एक्युपमेन्ट संचालक समितिले कार्यविधि संशोधनको माग सहित आन्दोलन गर्दे आएको छ । भोलि बस्ने कार्यपालिका बैठकमा ब्यवसायिको मागको विषयमा छलफल गरिने देवचुली नगरपालिकाका प्रमुख पुर्णकुमार श्रेष्ठले बताउनुभयो । कार्यपालिका बैठकमा छलफल गरेर उचित कदम बढाईने नगरपालिकाको तर्क छ ।
।
देवचुली ट्याक्टर समिति र हेभी एक्युपमेन्ट संचालक समितिले माग गरेको पत्र :