• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Sun, 19, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

७ महिनामा मरे २७ गैंडा

पावर संदेश
   ११ फाल्गुन २०७८, बुधबार ०९:४८  मा प्रकाशित
  • 489 पटक पढिएको







  • चितवन — चार महिनायता चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वन क्षेत्रमा बाघले एकसिंगे गैंडाका ४ वटा बच्चा (केटो) मारिसकेको छ । अर्कोतर्फ भाले गैंडाहरू भासमा परेर मर्ने क्रमसमेत बढ्दै गएको छ । गत साउनयता २७ गैंडा मरेकामा भासमा परेर मर्नेको संख्या ६ रहेको निकुञ्जले जनाएको छ ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत मंसिर ४ मा निकुञ्जको घटगाइँ क्षेत्रमा गैंडाको अन्दाजी डेढ वर्षको भाले बच्चा मृत भेटियो । त्यसलाई बाघले मारेको हो । त्यसपछि माघ २४ मा बाघमारा पोस्टनजिक काभ्रे तालमा एक वर्षको र त्यसको ५ दिनपछि सौराहा ढुङ्ग्रेखोलामा ४ महिनाको गैंडा बाघकै आक्रमणमा परेर मरेको भेटियो ।

    फागुन ४ मा शिशुवार मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघले मारेको आन्दाजी ४ महिनाकै अर्को गैंडा भेटिएको तिवारीले जानकारी दिए । गत साउन ३ मा राप्ती नदी किनारको जोतुवाघाट क्षेत्रमा गैंडाको अन्दाजी २ महिनाको भाले बच्चा मृत भेटिएको थियो । उक्त गैंडालाई पनि बाघले मारेको हो । बाघका कारण गैंडालाई चुनौती थपिएको यी घटनाले देखाउँछ ।

    गैंडा मर्ने प्रमुख कारणमा पछिल्लो पटक घोल र सिमसार क्षेत्रका भास पनि अग्रपंक्तिमा छ । गत साउन ३ मा निकुञ्जको टेम्पल टाइगर क्षेत्रमा ३५ वर्षको भाले गैंडा मृत भेटिएको थियो । त्यो गैंडा दलदलमा भासिएर मरेको तिवारीको भनाइ छ । त्यसैगरी, भदौ ७ मा कोलकाता टापुको सिमसारमा डुबेर ८ वर्षको भाले गैंडा र कात्तिक २२ मा लामीतालमा अन्दाजी डेढ वर्षको भाले गैंडा पनि डुबेर मरेको छ । मंसिर ३ मा बरदाह मध्यवर्ती सामुदायिक वनको सिमसारमा डुबेर अन्दाजी ६ वर्षको भाले गैंडा मरेको थियो । पुस १ मा टाइगर टप्स बूढीराप्ती क्षेत्रमा सिमसारमा भासिएर अन्दाजी १८ वर्षको अर्को भाले गैंडा मरेको थियो । भासमा परेर मर्नेमा एउटा मात्रै पोथी गैंडा रहेको निकुञ्जको तथ्यांक छ ।

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य आहाल बस्न वा पानी खान सिमसार र घोलमा गैंडाहरू भेला हुने र त्यो बेला भालेहरू सामुन्ने परेर जुध्ने बताउँछन् । ‘घोलको आडमा जुध्दा हारेको गैंडा अप्रत्याशित रूपमा दौडँदा मेसो नपाएर भासिने र डुब्ने गरेको हुनुपर्छ,’ आचार्यले भने । गैंडाहरू जुधेर मर्ने पुरानो समस्या हो । जुन यो वर्ष पनि कायमै छ ।

    निकुञ्ज कार्यालयले उपलब्ध गराएको विवरणअनुसार यो आर्थिक वर्षको फागुन ५ सम्म जुधेर मर्ने गैंडाको संख्या ७ पुगेको छ । जुधेर मर्नेमा पोथी गैंडा (४ वटा) धेरै छन् । सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर भरतपुर गोन्द्राङआडको वनदेवी बरण्डाभार मध्यवर्ती सामुदायिक वनमा गत माघ ९ मा एउटा भाले गैंडा मरेको थियो । यो गैंडा पनि अर्को भालेसँग जुध्दै गर्दा हारेपछि अप्रत्याशित रूपमा दौडँदै आएर खाल्डोमा खसेको हुन सक्ने निकुञ्जका अधिकारीहरूको अनुमान छ । यो वर्ष अहिलेसम्म मरेका २७ मध्ये बुढो भएर मरेको भनेर निकुञ्जले २ वटा गैंडालाई मात्र उल्लेख गरेको छ ।

    जुधेर, डुबेर, बगेर र आमासँग बिछोडिएर पनि गैंडा र बच्चाको मृत्यु भएको निकुञ्जको विवरणमा छ । यो वर्ष चोरीसिकारका कारणले पनि गैंडाहरू मरेका छन् । निकुञ्जको विवरणअनुसार साउन ११ मा माडी घाँगर क्षेत्रमा र असोज ११ मा माडीकै धोबाहा क्षेत्रमा मृत फेला परेका गैंडा चोरीसिकारका कारण मरेको तिवारीले बताए ।चितवन निकुञ्ज र आसपासको वन क्षेत्र एकसिंगे गैंडाको मुख्य बासस्थल हो ।

    गत वर्ष चैतमा सार्वजनिक भएको गैंडा गणनाको नतिजाअनुसार नेपालमा ७ सय ५२ र चितवन निकुञ्जमा मात्रै ६ सय ९४ गैंडा छन् । गैंडाको संख्या बढ्दा एकै ठाउँ धेरै जमघट हुने र जुध्ने, दौडने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यको भनाइ छ । निकुञ्जको सुदूरपूर्व र सुदूरपश्चिममा निकै थोरै गैंडा छन् । कसराबाट पश्चिम लागेपछि ४ सय १० वटा गैंडा भेटिएका थिए । यो वर्ष २७ गैंडामध्ये १५ वटा यही क्षेत्रमा मरेका हुन् ।

    बासस्थल सुधार, आन्तरिक स्थानान्तरण र मान्छेको चापलाई व्यवस्थापन गरे जुधेर मर्ने घटना कम हुन सक्ने आचार्यको भनाइ छ । पश्चिमका गैंडा निकुञ्जको पूर्वी क्षेत्रमा सार्ने चर्चा चल्दै आए पनि ठोस काम भएको छैन ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • दिवा सपना
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑