बिबेक भण्डारी ।
देवचुली नगरपालिका वडा नम्बर १ मा रहेको दिव्य एकेडेमीका विद्यार्थिहरुद्धारा विज्ञान प्रदर्शनी गरेका छन । प्रयोगात्मक शिक्षा अहिलेको आवस्यकता रहेको कारण विद्यालयले जी।बि।एस टिमको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको विद्यालयकी प्रिन्सीपल कोपिला भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिकारुहरुको समुदाय दिव्य एकेडेमी भएको कारण यस्ता कार्यक्रम एकेडेमीले संञ्चालन गर्दे आएको जानकारी गराउनुभयो । शिकाइ कहिल्यै पनि नसकिने हुदा प्रयोगात्म विधिद्धारा बालकालीकाहरुलाई शिक्षा प्रदान गर्ने मुख्य उद्देश्यका साथ विज्ञान,प्रविधि,इन्जीनियर र गणितका विषय संग सम्बन्धित विद्यार्थिहरुले नै बनाएका सामाग्रिहरुको प्रर्दशन गरिएकोे भण्डारीले बताउनुभयो । विद्यालयको सहयोगमा आफुले बनाउन चाहना गरेको विज्ञान सम्बन्धि वस्तुहरु बनाएर प्रर्दशन गर्न पाउदाँ हर्षित भएको विद्यार्थिहरुले बताए ।
आफ्ना बालबालिकाले प्रविधिको बारेमा जानेको र दिव्य एकेडेमीले उचित शिक्षा प्रदान गरेको भन्दै अभिभावकहरु पनि खुशी भएका थिए । आगामी दिनमा यस एकेडेमीले बालबालिकाहरुको शिक्षामा अझै सरलता ल्याउन विभिन्न किसिमका शैक्षिक कृर्याकलापहरु ल्याउने जनाइएको छ ।