कावासोती । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कावासोती आउनुहुने भएको छ । नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसको १६ वार्षिकोत्सव कार्यक्रममा सहभागित हुन तथा क्याम्पसमा निर्मित पुस्तकालय र प्रशासकिन भवनको उद्धघाटनकालागि पार्टि अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओली कावासोती आउने कार्यक्रम तय भएको क्याम्पस प्रमुख मुक्तिराम पाण्डेले बताउनुभयो । फागुन २३ गते सोमबार बिहान १० बजेबाट क्याम्पसको वार्षिकोत्सव कार्यक्रम राखिएको छ । वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह कार्यक्रम अन्र्तगत पुस्तकालय तथा प्रशासनिक भवन उद्धघाटन सहित राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितीमा सांस्कृतिक कार्यक्रम समेत रहेको छ । वार्षिकोत्सवका अन्य विभिन्न कार्यक्रम समेत तय गरिएको क्याम्पस प्रमुख पाण्डेले बताउनुभयो ।
वार्षिकोत्सवमा पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष के पि शर्मा ओली सगै राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको सास्कृतिक प्रस्तुति समेत आयोजना गरीएको क्याम्पस प्रमुख मुक्तिराम पाण्डेले जानकारी दिनुभएको छ ।
क्याम्पसको १६ औ वार्षिकोत्सव र नवनिर्मित पुस्तकालय तथा प्रशासनिक भवनको समुद्घाटनमा क्याम्पस सभाका सम्पूर्ण सदस्यहरु, पुर्व संचालक समिति तथा अन्य समितिका पदाधिकारीहरु, अभिभावक, एवम् विद्यार्थीहरुको समेत उपस्थिकिो लागी आग्रह गरीएको क्याम्पस प्रमुख पाण्डेले बताउनुभयो ।