
नवलपुर ।
नेपाल इन्जिनियर्स एशोसिएसनको ३३ औं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनमा बाग्मती प्रदेश कोषाध्यक्षमा विपिन भुसालको उम्मेदवारी रहेको छ । इन्जिनियर डाक्टर हरि बहादुर दर्लामीको कन्द्रिय नेतृत्वमा बाग्मती प्रदेश तर्फबाट रोहिणी पौडेलको लोकतान्त्रिक समूहका तर्फबाट भुसालको कोषाध्यक्षमा उम्मेदवारी रहेको हो ।
यहि फाल्गुन २७ गते हुने निर्वाचनमा लोकतान्त्रिक इन्जिनियर समूहले विगतमा आफ्नो समूहका तर्फबाट नेतृत्वमा पुगेका अग्रजहरुकै कारण संस्थाको गरिमा बढेको र विभिन्न उपलब्धिहरु प्राप्त भएको स्मरण गर्दै आउँदा दिनमा संस्थालाई अझ सशक्त र प्रभावकारी रुपमा अघि बढाउन आफ्नो समूहको जीत अपरिहार्य रहेको जनाएका छन् । युवाको आशा र अग्रजको भरोसा भन्ने मान्यतालाई स्थापित गर्दै भुसालले उम्मेदवारी दिएका हुन् ।
राष्ट्र निर्माणको धरातल नै इन्जिनियरहरु भयकाले इन्जिनियरिङ्ग पेशालाई स्वतन्त्र, सम्मानित, मर्यादित एवम् जवाफदेहि बनाउन आवश्यक रहेकाले आफ्नो उम्मेदवारी रहेको भुसालको भनाई छ । गुणस्तरीय इन्जिनियरिङ शिक्षा, इन्जिनियरहरुको सेवा सुविधा तथा क्षमता अभिवृद्धि, सम्माजनक रोजगारी, इन्जिनियरिङ सम्बद्ध निजी क्षेत्रको विकास तथा हक हित संरक्षणलाई भुसालले प्राथमिकता दिने जनाएका छन् ।

लोकतान्त्रिक इन्जिनियर समूहको तर्फबाट नयाँ नेतृत्वको दुई वर्षे कार्यक्रममा इन्जिनियरिङ तथा प्रविधि विश्वविद्यालय स्थापनालाई निर्णायक विन्दुमा पुर्याउने, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा आंगिक क्याम्पस स्थापनाका लागि पहल गर्ने, इन्जिनियरिङ शिक्षामा एकरुपता प्रदान गर्ने लगायत रहेका छन्।
यस्तै निजामति सेवामा जगेडामा रहेका इन्जिनियहरुको उचित पदस्थापनका लागि पहल गर्ने, इन्जिनियर्स स्टाफ कलेज सञ्चालनमा ल्याउने, सीप र क्षमता अभिवृद्धिका लागि केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा प्रभावकारिताका साथ काम गर्ने योजना अघि सारिएको छ।